सरकारविरूद्ध भैरहवामा राजपाको प्रदर्शन
बुटवल– जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले सोमबार रुपन्देहीमा सरकारविरोधी नारावाजी गर्दै प्रदर्शन गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीले रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारीमाथिका मुद्धा फिर्ता हुनुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महङ्गी,अन्त्य गर्नुपर्ने र सुलभ तरिकाले नागरिकता वितरण गर्नुपर्ने नारा लगाएका थिए ।
कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् ।
उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाइन् । राजपा रुपन्देहीका संयोजक अजय बर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न ढुङ्गेलले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा