शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी

सोमबार, ०२ वैशाख २०७६, १५ : ३०
सोमबार, ०२ वैशाख २०७६

सियोल – सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताए ।

ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवक्ताले लिले बताएका छन्  । 

दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा राखिएका भिडियो उपकरणको मर्मत गर्न थालिएको र यस महिनाको अन्त्यसम्म सबै उपकरण प्रयोग गर्न मिल्ने बताएको छ । 

गत सेप्टेम्बर महिनामा दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इन  र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भएको तेस्रो शिखर बैठकमा पुनर्मिलनका लागि भिडियो उपकरण जडान गर्ने विषयमा सहमति भएको थियो ।  

उत्तर कोरियाली नेतालाई भेट्ने तयारी

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन्।  

मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् । 

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो । 

सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए । 

ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् । –सिन्ह्वा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप