शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कमब्याक

सोमबार, ०२ वैशाख २०७६, १४ : ०६
सोमबार, ०२ वैशाख २०७६

एजेन्सी– कहिले श्रीमतीसँग पारपाचुके त कहिले गम्भीर बिरामीको सकस । विश्व नम्बर एक गल्फर टाइगर उड्सका लागि पछिल्लो दशक खासै सुःखद रहेन । उनलाई सबैभन्दा ठूलो समस्या र पीडा त ढाडको नशाले दियो । ढाडको शल्यक्रियापछि झण्डै दुई बर्ष विश्राम लिएका उड्स मैदानमा फर्कनेमा धेरैलाई विश्वास थिएन । तर, उनी विस्तारै फिट भए । एक बर्षअघि मैदानमा फर्किएका उड्सले विस्तारै गल्फ आइरन र बललाई आफ्नो लयमा लिए ।

उनै अमेरिकन गल्फ स्टार ४३ बर्षीय उड्ले आइतबार राति अगस्टामा मास्टर्स गल्फ टाइटल उचालेका छन् । १५ औँ मेजर उपाधि जित्नका लागि उड्सलाई ११ वर्ष कुर्नुपर्यो । यसअघि उड्सले सन् २००८ मा युएस ओपन गल्फ जितेका थिए । त्यसयता उनको खेल जीवन उतार चढावपूर्ण रह्यो ।

मास्टर्स गल्फमा उनको यो सन् २००५ देखिकै प्रतिक्षाको उपाधि हो । सन् २००५ मा उनले चौथो पटक मास्टर्स उपाधि जितेका थिए । पछिल्लो समय विभिन्न समस्याले घेरिएका उड्सको खेल जीवन सकिएको अनुमान लगाउनेको कुरा मिथ्य भएको छ ।

फाइनल अघि फ्रान्सेस्को मोलीनारीसँग दुई स्ट्रोकले पछि परेका उड्सले अन्तिम राउन्डको १८ होलमा दुई अन्डर ७० खेलेका थिए । उपाधि जित्ने क्रममा उड्सले चारदिनमा कूल १३ अन्डर पार खेले ।

उड्स पछिल्लो चार वर्षमा जम्मा २४ प्रतियोगितामा सहभागी भए । तर उड्सले मास्टर्स गल्फमा पुनरागमन गरेर संसारलाई चकित पारेका छन् । उड्स खेलमा फर्किएसँगै उनी चोटग्रस्त पनि भएका छन् । उनको उपाधिसँगै अब बरियता सुधार्ने क्रम सुरु भएको छ ।

मास्टर्सको उपाधिसँगै दुई छोराका पिता उड्समा अहिले खुसीको सीमा छैन । उड्सको अनुहार अहिले मुस्कानले भरिएको छ । सामाजिक सञ्जालमा पनि उड्सको चर्चा चुलिएको छ । उड्सको जितलाई संसारभरका गल्फ प्रेमीले खेल जगतकै सबैभन्दा ठूलो ‘कमब्याक’ भनेका छन् । उनलाई बधाई दिनेको अहिले ओइरो लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप