शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारका २ हजार किसानलाई सहयोग गरेका अमिताभले तिरे सबैभन्दा धेरै कर

सोमबार, ०२ वैशाख २०७६, ११ : ५१
सोमबार, ०२ वैशाख २०७६

मुम्बई – बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८÷१९ को  सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् । 

अमिताभ बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै, उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् । 

बिहारका किसानलाई आर्थिक मद्दत
अमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवारलाई जनही १० लाख आर्थिक सहायता गरेका थिए ।

अमिताभ अभिनित फिल्म भर्खरै रिलीज भएको ‘बदला’ ले पनि राम्रै कमाई गरेको थियो । साथै, छिट्टै अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिदैँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप