केन्द्रीय संस्करण

यु–१९ विश्वकप छनौट  : मलेसियाबिरुद्ध नेपालको शानदार जीत

person explore access_timeबैशाख २, २०७६ chat_bubble_outline0

आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

क्वाललम्पुरमा सम्पन्न खेलमा ९३ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि रित गौतमले नटआउट रहँदै सर्वाधिक ३९ रनको योगदान दिए भने आशिफ शेखले २६ रन बनाए ।

पवन शरार्फले १९ रन बनाए ।

खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको थियो ।

नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए । त्यस्तै सागर ढकालले १ विकेट लिए ।

मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।

तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार बेहोरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...