शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण शाहरुख खानले पाँच वर्षमा एउटा पनि हिट दिन सकेनन्, नायकले बताए कारण

सोमबार, ०२ वैशाख २०७६, १० : ०७
सोमबार, ०२ वैशाख २०७६

बलिउडमा जब कुनै हिट हुन्छ तब हरेकले त्यसको तारिफ गर्छन् तर जब कोही कलाकार फ्लप हुन्छन् तब उनलाई सल्लाह दिनेको संख्या पनि कम हुँदैन । पछिल्ला केही वर्षमा शाहरुख खानको फिल्मले बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । यद्यपि, उनले निर्माण गरेका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।

यस्तोमा बलिउड नायक एवं निर्माता कमाल आर खान (केआरके)ले शाहरुखको फिल्म नचल्नुको कारणबारे जानकारी दिएका छन् । केआरकेले ट्वीटरमा शाहरुख खानले पछिल्लो पाँच वर्षमा एउटा पनि हिट दिन नसक्नुको कारण सोधेका छन् र जवाफ पनि उनी आफैंले दिएका छन् ।

ट्वीटरमा उनले शाहरुख बारे केही प्रश्न सोध्दै केआरकेले लेखेका छन्, ‘के एसआरके एक ठूला स्टार हुन्् ? हुन्... के शाहरुख खान राम्रा कलाकार हुन् ? हुन्.... के शाहरुख राम्रा व्यापारी हुन्, हुन्... के शाहरुखलाई लाग्छ कि राम्रो फिल्म बनाउनका लागि उनलाइ सबैकुरा थाहा छ, छैन ! र यही त समस्या हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप