केन्द्रीय संस्करण

स्मिथ र वार्नर अस्ट्रेलियाको विश्वकप टोलीमा

person explore access_timeबैशाख २, २०७६ chat_bubble_outline0

सन् २०१८ मा केप टाउनमा भएको टेस्टका दौरान बल टेम्परिङमा मामिलामा प्रतिबन्धित भएका पूर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको विश्वकप टोलीमा समावेश गरिएका छन् ।

प्रतिबन्धित फुकुवा भएपनि त्यसयता दुवैले अस्ट्रेलियाका लागि कुनै पनि एकदिवसीय खेलमा सहभागिता जनाएका छैनन् । दुवै खेलाडीहरु हाल इन्डियन प्रिमियर लिगमा खेलिरहेका छन् ।

गत जनवरीमा भारतविरुद्धको टेस्टमा घाइते बनेका फास्ट बलर जोस हेजलवुडलाई टोलीमा समावेश गरिएको छैन ।

टोलीमा एडम जाम्पा र नाथन लियोनलाई दुई स्पीनरको रुपमा राखिएको छ भने फास्ट बलरहरुमा मिचेल स्टार्क, प्याट कमिन्स, जेसन बेरेन्डफ, जाइ रिचर्डसन र नाथन काउल्टर नाइल रहेका छन् ।

अल राउन्डरको रुपमा ग्लेन म्याक्सवेल र माकर्स स्टोइनिस रहेका छन् भने एलेक्स क्यारी एक्ला विकेट किपर रहेका छन् ।

त्यस्तै, सन मार्स, उसमान ख्वाजा र कप्तानका रुपमा एरोन फिन्च रहेका छन् ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...