शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धर्मेन्द्रले भने, ‘यदि हेमालाई जिताउनुभएन भने ट्याङ्कीमा चढ्नेछु’

सोमबार, ०२ वैशाख २०७६, ०९ : ४१
सोमबार, ०२ वैशाख २०७६

हिन्दी सिनेमाका ‘हीम्यान’ भनिने धमेन्द्र आइतबार आफ्नी श्रीमती हेमा मालिनीको समर्थनमा चुनावी र्याली सम्बोधित गर्न मथुरा पुगे । हेमा मालिनी लोकसभा चुनाव २०१९ मा मथुराबाट बिजेपी प्रत्याशी हुन् । धमेन्द्र हेमालाई समर्थन गर्नका लागि मथुरा पुगेका हुन् । चुनावी जनसभामा धर्मेन्द्रले फिल्मी स्टाइलमा हेमाका लागि भोट अपिल गरे ।

धर्मेन्द्रले फिल्म शोलेको वीरुको अन्दाजमा चुनावी र्याली सम्बोधन गरे । धर्मेन्द्रले गाउँलेसँग आफ्नी बसन्तीका लागि भोट अपिल गर्दै भने, ‘गाउँका साथीहरु, यदि तपाईंले हेमा मालिनीलाई राम्रो भोटसहित जिताउनुभएन भने यो गाउँमा जुन ट्यांकी छ नि... म त्यो चढ्नेछु ।’ धर्मेन्द्रको यस्तो डायलग सनेपछि पूरा जनसभा तालीले गुञ्जायमान भयो ।

धर्मेन्द्रले पंजाबदेखि असमसम्म र कन्याकुमारीदेखि कश्मिरसम्म हरेक बच्चा, बुजुर्ग र जवानले भारत देशलाई आफ्नो आमा ठानेर देशको उन्नतीका लागि ज्यान दिएर मेहनत गर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी भारतलाई आमा भन्छौं । आमा ठान्न पनि सुरु गरौं साथीहरु । जुनदिन तपाईंकी आमालाई कसैले आँखा लगाउँछन्, उनीहरुको आँखा फोडिदिनुहुनेछ तपाईं ।’

धर्मेन्द्रले एक भारतीय मिडियासँगको कुराकानीमा भने, ‘म एक किसान हुँ । मलाई यहाँ आएर निकै राम्रो महसुस हुन्छ ।’

हेमा मालिनीको चुनावमा जीत–हारको प्रश्नमा धर्मेन्द्रले भने, ‘हेमा सांसद बन्न लागेकी होइनन् । बनिसकेकी छिन् । म यहाँ उनको प्रचारका लागि आएको हुँ । जब कुनै काम मन लगाएर गरिन्छ त्यसको परिणाम निकै राम्रो आउँछ । हेमाले पनि त्यही गरेकी छिन् ।’

धर्मेन्द्र मथुरा आउँदा खुसी भएकी हेमा मालिनीले सोसल मिडियामा एक तस्बिर सेयर गर्दै लेखिन्, ‘आज मेरो लागि निकै विशेष दिन हो । धर्मेन्द्र जी मथुरा आएर दिनभरी मेरालागि अभियान गर्नुभयो । सर्वसाधारण उनलाई हेर्न र सुन्नका लागि प्रतिक्षा गरिरहेका थिए । यो फोटो मेरो मथुरामा बनेको घरमा चुनावी सभामा जानुअघि खिचेको तस्बिर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप