मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी यू–१९ विश्वकपः मलेसियासगँको जारी खेलमा नेपाललाई दोस्रो सफलता

सोमबार, ०२ वैशाख २०७६, ०९ : १३
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं – नेपालले मलेसिया जारी आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता तेस्रो खेलमा मलेसियालाई दबाबमा राखेको छ । 

क्वालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा मलेसियाले ४ ओभरभित्रै २ विकेट गुमाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पहिलो ओभरमै विकेट गुमाएको छ ।

मलेसियाका अस्लम खान शुन्य रनमै आउट भएका हुन् । उनलाई  दीपेन्द्र सिंह ऐरिले अस्लाम खानलाई क्याच आउट गरेका हुन् । यस्तै  कमलसिंहले ४.२ ओभरमा दोस्रो विकेटको रुपमा वान अमिरुललाई आउट गरे । पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

पछिल्ला ५ खेलमा मलेसियाले नेपालमाथि जित दर्ता गर्न सकेको छैन । मलेसियाविरुद्ध जित निकाले विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया भने पाँचौ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप