मेलिना राई र समिर सिंगकको ‘फेवा तालैमा’
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक समिर सिंगक लिम्बुको आवाजमा सजिएको नयाँ गीत दर्शक–श्रोतामाझ सार्वजनिक भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा ‘फेवा तालैमा’ गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश थुलुङको शब्द तथा मान थुलुङको संगीतमा गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई निर्माता तथा कलाकार देउ कृष्ण देवन याख्खा लिंखाले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि निर्देशक देउ कृष्ण देवनकै रहेको छ ।
निर्देशक देउ कृष्ण देवनले गीतको बारेमा बाल्दै भने, ‘नयाँ वर्षको अवसरमा दर्शक तथा श्रोतामाझ शुभकमना स्वरुप लोक पूवेली गीत ‘फेवा तालैमा’ सार्वजनिक गरेका हौं ।’
गीतको भिडियोमा पूर्वका चर्चित पत्रकार टिआर सेनेहाङ्ग, चन्दा ल्वाहाङ्ग कुरुम्बाङ्ग, शिखा पयाङ्गो, दीपा सेनेहाङ्ग लगाएत कलाकारहरुले फिचरिङ गरेका छन् । भिडियोलाई सुरेन सेनेहाङ्ग लिम्बुले छायाङ्कन गरेका हुन्, भने अनुप पौडेलले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)