शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उड्यो संसारकै सबैभन्दा ठूलो विमान, यस्ता छन् यसका विशेषता

आइतबार, ०१ वैशाख २०७६, १८ : ४०
आइतबार, ०१ वैशाख २०७६

एजेन्सी– विश्वको सबैभन्दा ठूलो विमान मानिएको स्ट्रयाटोलन्चले पहिलोपटक उडान भरेको छ ।

पखेटाका आधारमा अहिलेसम्मकै संसारको सबैभन्दा ठूलो मानिएको यो विमानले पहिलोपटक ४ हजार ५ सय ७२ मिटर दूरी पार गर्दै उडान भरेको हो ।

यो  विमानले उड्दा यसको गति २ सय ७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

पखेटाका आधारमा सबैभन्दा ठूलो मानिएको यो विमानमा जडित पखेटाको लम्बाई १ सय १७ मिटर रहेको छ । यो विमानमा ६ वटा इन्जिनहरु रहेका छन् ।

स्ट्रयाटोलञ्च कम्पनीले निर्माण गरेको यो विमानले पृथ्वीको अक्षमा रहेको भू–उपग्रहसम्मको यात्रालाई सहज बनाउने सो कम्पनीको दाबी छ ।

दुईवटा विमान जोडेर एउटै बनाइएको यो विमानलाई सो कम्पनीले संसारकै सबैभन्दा ठूलो विमान भएको दाबी गरेको छ ।

यद्यपि, पखेटाको साटो चुच्चोदेखि पुच्छरसम्मको लम्बाईका आधारमा यो भन्दा ठूला विमानहरु पनि रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप