स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ
आइतबार, ०१ वैशाख २०७६, १६ : २४
काठमाडौं– महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।
प्रहरीका अनुसार श्याम बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए ।
यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।
झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ ।
बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार