शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो फूटबल मैदानभन्दा लामो पखेटा भएको विमान, गरियो पहिलो परीक्षण उडान

आइतबार, ०१ वैशाख २०७६, १२ : २३
आइतबार, ०१ वैशाख २०७६

एजेन्सी । शनिबार संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट उडाइएको थियो । 
लगभग अढाई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।  

विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो छ । यसलाई ‘स्केल्ड कम्पोजिट्स इन्जीनियरिङ कम्पनी’ले तयार पारेको हो । 

विमानलाई रकेट लिएर अन्तरीक्षसम्म उडान भर्ने हिसाबले निर्माण गरिएको छ । विमानमा अन्तरिक्षमा पुगेपछि सँगै लगिएको रकेट सुचारु हुने र भू–उपग्रहलाई अन्तरिक्ष खसाल्ने प्रविधि जडान गरिएको छ ।

हाल भू–उपग्रहलाई अन्तरिक्षमा पु¥याउन जमिनबाट उडाइने रकेट निर्विकल्पन रहदैं आएको छ । यस विमानको प्रयोग सुरु भएपछि यसले भू–उपग्रहको अन्तरिक्ष ढुवानीमा हाल जमिनबाट रकेट उडाइने तरिकाको विकल्प दिनेछ । यो माध्यमले भू–उपग्रह अन्तरिक्षमा पु¥याउन रेकटबाट हुने खर्चलाई निक्कै कम गर्नेछ । 

विमान हाल प्रयोग भइरहेको वायुयानकै जस्तो बडियुक्त हो । तर यसमा बडि आपसमा जोड्ने प्रविधि अपनाइएको छ । विमानका अन्य विवरणमा यसमा २ वटा इन्धन ट्याङ्की, ६ वटा इन्जिन र ११७ मिटर लामो पखेटा छन् । 

परीक्षणका क्रममा विमान अधिकतम ३०४ किमी प्रति घण्टाको रफ्तारसम्म पुगेको थियो भने यो १७ हजार फिट(५१८२)को उचाईमा पुगेको थियो । 

स्ट्राटोलञ्चलाई माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक पल एलेनले लगानी गरेका थिए । तर अघिल्लो वर्ष अक्टोबरमा एलेनको मृत्यु भएपछि परियोजनाको भविष्यलाई लिएर प्रश्न उठेको थियो । तर हाल विमानको निर्माण निक्कै अघि पुगेको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप