शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री ऋचाले खोलिन् ‘पांग्रा एक्सप्रेस’

आइतबार, ०१ वैशाख २०७६, ०९ : ५४
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं –अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’ नामक फाष्टफुड संचालनमा ल्याएकी छिन् । दरबारमार्गस्थित शेर्पामहलको पहिलो तल्लामा उनले सो फष्टफुड शुक्रबारबाट संचालनमा ल्याएकी हुन् ।

करिव ८ महिना लगाएर तयार गरिएको उक्त फाष्टफुड उनले एक साथीसँगको सहकार्यमा ल्याएकी हुन् । गुणस्तरिय र हाइजेनिक खाजा सस्तोमा खुवाउने उदेश्यले आफुले फाष्टफुड संचालनमा ल्याएको शर्माले बताइन् । 

शर्माको फष्टफुडमा रेष्टुरेन्ट तथा क्याफेमा पाइने प्राय सबै प्रकारका खानेकुराहरु पाइन्छ । बिहान १० बजे देखि बुलेका ९ बजेसम्म ‘‘पांग्रा एक्सप्रेस’ खुल्ला रहने अभिनेत्री शर्माले जानकारी दिइन् । 

फाष्टफुडमा ऋचालाई सबैले शुक्रबार भेट्न सक्नेछन् । ‘पांग्रा एक्सप्रेस’ आफुलाई शुक्रबार सबैले भेट्न र आफुसँग शेल्फी खिच्दै फिल्मका कुरा समेत गर्न सक्ने शर्माले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप