एक सातामा ‘लभ स्टेशन’को आम्दानी कति ?
काठमाडौं –अघिल्लो शुक्रबनारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेसन’ले एकसातामा करिब ४ करोडको ब्यवसाय गर्न सफल भएको छ ।
निर्माता तथा वितरक गोविन्द शाहीले शुक्रबार एक कार्यक्रम गर्दै फिल्म ‘लभ स्टेशन’ले पहिलो साता कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ रहेको जानकारी दिए ।
छोरी काफिया शाहीको जन्मदिन सेलिब्रेट गर्दै निर्माता शाहीले फिल्मको एक हप्ते कलेक्सनबाट आफु सन्टुष्ट रहेको बताए । उनले भने ‘अवको साताकको कमाई फिल्मको नाफा हो ।’
अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टार अभिनित फिल्म ‘लभ स्टेसाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आमाछोरीको सम्बन्ध र प्रेम कथा फिल्मले उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई