शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईसीसी विश्वकप छनोटः युएईसँग नेपालको दूर्भाग्यपूर्ण हार

शनिबार, ३० चैत २०७५, १९ : ३९
शनिबार, ३० चैत २०७५

काठमाडौं । मलेसियामा जारि आईसीसी यु–१९ विश्वकप छनोट एसिया प्रतियोगिताको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

किनरारा ओभल खेल मैदानमा युएईसँग नेपाल डी–एल मेथड आधारमा १ रनले दुर्भाग्यपूर्ण हार व्यहोरो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो ।

युएईका लागि अंश टन्डनले ५४ रन बनाएका थिए भने विरुत्त अरविन्दले ४७ रनको योगदान दिए । बलिङमा नेपालका सागर ढकालले कमलसिंह ऐरीले १–१ विकेट लिए । 

२४८ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो । जितको लागि युएईलाई २० ओभरमा १२६ रन आवश्यक रहेको बेला वर्षाले खेल रोकिएको थियो ।

त्यसपछि डीएल मेथडमा नेपाल १ रनले पराजित हुन पुग्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप