बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री ओली

शनिबार, ३० चैत २०७५, १६ : ४४
शनिबार, ३० चैत २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । 

बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज  विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई  आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निश्कर्ष दिन पनि आग्रह गरेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप