बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तारुका श्रीकृष्ण क्याम्पसलाई रातोपाटीको सहयोग

शनिबार, ३० चैत २०७५, १६ : ४०
शनिबार, ३० चैत २०७५

नुवाकोट–नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ (साविकको तारुका–२) स्थित ठूलोपोखरीमा रहेको तारुका श्रीकृष्ण क्याम्पसलाई रातोपाटी डटकमले आर्थिक सहयोग गरेको छ । 

शैक्षिक व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले क्याम्पस र श्रीकृष्ण मावि समेतले संयुक्त रुपमा लगाएको श्रीमदभागवत सप्ताह महायज्ञमा रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्माले २५ हजार १ रुपैयाँ सहयोग गरेका हुन् । 

धादिङको साविकको खाल्टे गाविसका शर्माले तारुका श्रीकृष्ण क्याम्पसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सकिए तारुकाका साथै धादिङ खाल्टेका विद्यार्थीले समेत अध्ययनको मौका पाउने भन्दै सबै पक्षले हातेमालो गरेर क्याम्पसलाई दीर्घकालीन ढंगले सञ्चालन हुने वातावरण बनाइनुपर्नेमा जोड दिए । 

 क्याम्पसको विकासमा सहयोग पुगोस् भन्ने लागेर थोरै भएपनि आफूले आर्थिक सहयोग गरेको शर्माले बताए । 

२०७० देखि सञ्चालित सो क्याम्पस पछिल्लो समय आर्थिक संकटबाट गुज्रिएपछि महायज्ञको सहारा लिइएको थियो । 

जसअनुसार गत चैत २३ देखि क्याम्पसमा सुरु भएको महायज्ञ शनिबार सम्पन्न भएको छ ।  महायज्ञमा सयौं दाताबाट एक करोडबढी रकम उठेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप