शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव : एकैपटक जन्मेको ३ बच्चासहित स–परिवार घर फर्के

शनिबार, ३० चैत २०७५, १४ : ४४
शनिबार, ३० चैत २०७५

जनकपुर । एक महिलाले ३ बच्चालाई जन्म दिएपछि जनकपुर अञ्चल अस्पतालले सफलतापूर्वक उपचार गराएर बचाउन सफल भएपनि पीडितहरुले अस्पतालले भनेजति रकम तिर्न नसकेपछि बच्चालाई बन्धक बनाएको थियो । 

अस्पतालले डिस्चार्ज गरेपनि बच्चालाई बन्धक बनाएको समाचार रातोपाटीमा सम्प्रेषण भएपछि एक लाख ५३ हजार रुपैयाँमध्ये ७० प्रतिशत रकम अस्पतालले मिनाहा गरिदिएको छ । 

अस्पतालका निमित्त मेडिकल सुप्रिडेन्ट जामुन प्रसाद सिंहले वरिष्ठ चिकित्सकहरुको बसेको आकस्मिक बैठकबाट एक लाख १४ हजार रुपैयाँ मिनाहा गरेपछि पीडितले आज ३८ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरेर घर फर्किएको जानकारी दिए । 

निमित्त मेसु जामुन सिंहले ३ वटा बच्चालाई अस्पतालले सफलतापूर्वक उपचार गराएर बचाउन सकेकोमा गौरव महसुस भएको प्रतिक्रिया दिए । 

गणेशका सासु पवित्रा देवीले रातोपाटीसँग कुरा गर्दै ३८ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरेको घर फर्किएको बताइन् । 

२ साताअघि सुनिता साह घरमा काम गरिरहेको अवस्थामा एक्कासी पेट दुख्न थालेपछि उनले पति गणेश साहलाई यसबारे जानकारी गराईन् । सो दिन बिहानै पतिको साथमा उनी सर्लाही जिल्लाको बैलवास नगरपालिका – ७ स्थित खोरिया टोलबाट प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालको रुपमा रहेको जनकपुर अञ्चल अस्पतालमा आइन र भर्ना भइन् । 

भर्ना भएको अर्को दिन सुनिताले केहि मिनेटको अन्तरालमा ३ वटा सनतानलाई जन्म दिइन् । एकैपटकमा ३ सन्तानलाई केहि समयको अन्तरालमा जन्म दिएपछि ति सन्तानहरुलाई आईसीयु कक्षमा भर्ना गर्नुपरेको थियो ।

तर अस्पतालले डिस्चार्जको लागि एक लाख ५३ हजार भुक्तानी गर्नुपर्ने भन्दै बिल थमाएपछि यी परिवार थप पीडित भएको थियो । 

तर यस प्रति प्रदेश सरकार र कुनैपनि सांसदले चासो नदेखाएको प्रति गणेश साह खिन्न थिए । उनले आफ्ना क्षेत्रका विभिन्न सांसदहरुसंग कयौँ पटक सहयोगको याचना समेत गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप