शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको नाम फेरेपछि सीके राउतको पहिलो जनसभा

शनिबार, ३० चैत २०७५, १४ : ०८
शनिबार, ३० चैत २०७५

सिरहा–स्वतन्त्र मधेश गठबन्धनको नाम फेरेर आफ्नै नेतृत्वमा जनमत पार्टी गठन गरेका सीके राउतले सिरहाको मिर्चैयामा पहिलो पटक जनसभा आयोजना गरेका छन् । जनमत पार्टीको गठनपछि यो राउतको पहिलो सार्वजनिक सम्बोधन हुनेछ । 
जनसभाका लागि मञ्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित मोहन माविमा शनिवार जनसभा आयोजना गरिएको बताए । 
नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् राउत मूलधारको राजनीतिमा आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप