बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीभन्दा तीस लाख गुणा ठूलो छ ‘ब्ल्याक होल’, थाहा पाउनुस् यसबारे अन्य रोचक तथ्य

शुक्रबार, २९ चैत २०७५, ०८ : १५
शुक्रबार, २९ चैत २०७५

बीबीसी

अन्तरिक्ष वैज्ञानिकले ब्ल्याक होलको पहिलो तस्बिर जारी गरेका छन् । यो ग्यालेक्सीमा लगभग चार हजार करोडमा फैलिएको छ र आकारमा पृथ्वीभन्दा तीस लाख गुणा ठूलो छ ।

यो तस्बिर इभेन्ट टेलिस्कोपबाट लिइएको हो जुन आठवटा टेलिस्कोपको एउटा नेटवर्क हो ।

यससँग सम्बन्धित वैज्ञानिक प्राध्यापक हेनियो फेल्केले बीबीसीलाई ब्ल्याक होल एम८७ ग्यालेक्सीमा पाइएको जानकारी दिए ।

उनले भने, ‘यो हाम्रो सौर्यमण्डलभन्दा पनि ठूलो छ र तौलमा सूर्यभन्दा ६ सय ५० करोडभन्दा भारी छ । यो ब्रम्हाण्डमा भएको सबैभन्दा ठूलो ब्ल्याक होल हो । ’

पहिलो पटक सार्वजनिक भएको तस्बिरमा ब्ल्याक होलको चारैतिर आगोको एउटा गोलो देखिएको छ । प्राध्यापक फेल्केले यसलाई ब्ल्याक होलमा आएर खस्ने निकै तातो ग्यास भएको जानकारी दिएका छन् ।

ब्रम्हाण्डका करोडौं तारा मिलेर जति प्रकाश छर्छ यो ब्ल्याक होल त्योभन्दा पनि धेरै चम्किलो हुन्छ । त्यसकारण यो त्यति टाढा भएपनि टेलिस्कोपमार्फत देख्न सम्भव भएको हो  ।

यो तस्बिर विज्ञानको परिभाषा र विभिन्न हलिउड फिल्ममा ब्ल्याक होलको परिकल्पनासँग ठिक मेल खान्छ ।

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डाक्टर जिरी यान्सी पनि इटीएन कोल्याबरेशनका सदस्य हुन् । उनी भन्छन्, ‘ब्ल्याक होललले अन्तिरक्ष र प्रकृतिसँग जोडिएका विभिन्न जटिल प्रश्न खडा गर्छ, यति हुँदा हुँदै पनि ब्ल्याक होल हाम्रो अस्तित्वसँग जोडिएको एउटा मुद्दा हो । ब्ल्याक होल हाम्रो परिभाषामा जस्तो थियो त्यस्तै तस्बिर देखियो । एकपटक पुनः यस्तो लाग्छ कि आइन्सटाइन सही थिए ।’

के हो ब्ल्याक होल ?

ब्ल्याक होल अन्तरिक्षको एउटा यस्तो हिस्सा हो जसमार्फत् कनै पनि वस्तु यात्रा गर्न सक्दैनन् । यहाँसम्म कि प्रकाश पनि यसभित्रै विलिन हुनेगर्छ ।

नामभन्दा ठिक विपरित यो क्षेत्र खाली हुँदैन यसमा विभिन्न प्रकारका पदार्थ हुन्छन् जसले यसको क्षेत्रफललाई अत्यधिक गुरुत्वाकर्षणमा परिवर्तन गर्ने गर्छ ।

ब्ल्याक होलको अगाडि अन्तरिक्षको एउटा क्षेत्र छ जसलाई इभेन्ट होरिजेन्टल भनिन्छ । यो अगाडि आउने कुनै पनि वस्तु फिर्ता हुन सक्दैनन् ।

प्राध्यापक फेल्केको मनमा ब्ल्याक होलको तस्बिर प्राप्त गर्ने विचार त्यतिबेला आयो जब उनले सन् १९९३ मा पिएचडी छात्र थिए ।

त्यतिबेला कसैले पनि ब्ल्याक होलको तस्बिर प्राप्त गर्न सकिएला भनेर सोचेका थिएनन् । तर फेल्के यस्तो महसुस गर्ने पहिलो व्यक्ति थिए ।

उनलाई लाग्थ्यो कि एक प्रकारको रेडियो उत्सर्जन ब्ल्याक होलको चारैतिर उत्पन्न हुनेछ जुन यति प्रबल हुनेछ कि त्यसलाई दूरबीनले हेर्न सकिनेछ ।

उनले सन् १९७३ मा एउटा पुस्तक पढेको स्मरण गर्छन् जसमा ब्ल्याक होल आफ्नो आकारभन्दा २.५ गुणा ठूलो देखिने बताइएको थियो ।

२० वर्षको मेहनतपछि फेल्केले यूरोपेली अनुसन्धान आयोगबाट यो कामका लागि रकम पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप