शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंक लिमिटेडको नयाँ शाखा गोरखाको पालुङटारमा

बिहीबार, २८ चैत २०७५, १८ : ४४
बिहीबार, २८ चैत २०७५

गोरखा– प्रभु बैंकले गोरखाको पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ । 

बैंकको पालुङटार शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप