गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५ सय कित्तासम्मका लागि आवेदन दिन सकिने
बिहीबार, २८ चैत २०७५, १२ : ३०
काठमाडौं–गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बैशाख ९ गतेदेखि विक्री खुला हुने भएको छ ।
प्रतिकित्ता सय रुपैयाँदरका ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि खुला हुनेछ । यसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन सिक्नेछन् ।
यो आइपिओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यस आइपिओको विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने