शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला

बिहीबार, २८ चैत २०७५, ११ : ५८
बिहीबार, २८ चैत २०७५

वालिङ – हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको छ ।
 
गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका घर्तीको मानसिक अवस्था ठिक नभएको मृतकका दाजु धनसिंह घर्तीले बताए । 

कङ्कालमा भएको कपडाको हुलियाका आधारमा धनसिंहले पहिचान गरी कङ्काल बुझेर गएको प्रहरी प्रवक्ता भण्डारीले बताए । 

ड्यामबहादुर हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप