शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका र बिनोदले गरे ‘अल्कोलिक लभ’

बिहीबार, २८ चैत २०७५, ११ : १५
बिहीबार, २८ चैत २०७५

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले अभिनेता विनोद न्यौपानेसँग रोमान्स रहेको नयाँ भिडियो ‘अल्कोलिक लभ’ सार्वजनिक भएको छ । तीन दशकदेखि गायनमा सक्रिय सीताराम पोखरेलको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । 

गीतमा सीतारामलाई गायिका मिना निरौलाले साथ दिएकी छन् । ललिता कुँवरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ । 
भिडियो भने सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

गायक पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप