‘ए मेरो हजुर ३’ बाट संगीतको भोक मेटाएँः अनमोल केसी
काठमाडौं – अभिनेता अनमोल केसीले आफ्नो रक स्टार बन्ने इच्छा फिल्म ‘ए मेरो हजुर ३’ले पुर्याएको बताएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘म्युजिकल लभ स्टोरी फिल्ममा काम गर्ने तिब्र इच्छा थियो ।
‘ए मेरो हजुर ३’ले इच्छा पुरा गर्यो ।’ फिल्ममा आफ्नो प्रेम नामक गायकको भुमिका रहेको उनले सुनाए ।
कार्यक्रममा अनमोलले यो फिल्म आफ्नो ड्रिम प्रोजेट भएको बताए । उनले थपे ‘अहिलेसम्मका फिल्ममा देखाउन नपाएको म्युजिकल ट्यालेण्ट यसमा देखाएको छु ।’
सांगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोलले अभिनेत्री तथा फिल्म निर्देशक झरना थापाकी छोरी सुहानासँग रोमान्स गरेका छन् । सुहानाले यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।
हुन त अनमोल फिल्ममा मात्र होइन् रियल जीवनमा पनि म्युजिकका पारखी हुन् । अभिनयमा नआएको भए आफु सांगीतिक क्षेत्रमै रमिरहेको हुन्थे भनेर उनले धेरै पटक भनेका छन् ।
स्कूल अध्यायन गर्दा उनको रुचि पढाईमा भन्दा बढी संगीतमा थियो । कक्षा ८ मा छदा उनले साथीहरुसँग मिलेर ‘एनटिओ सेभेन’ नामको व्याण्ड पनि स्थापना गरेका थिए । जुन व्याण्डमा अनमोल रिदम गितारिष्ट र भोकलिष्ट थिए । यद्यपी अहिले यो व्याण्ड निस्कृय छ ।
त्यतिबेलाको संगीतको भोक फिल्मबाट मेट्न पाएकोमा उनी अहिले निकै खुसी छन् । ‘म्युजिकल स्टार’ले गर्ने सबै क्रियाकलाप मैले फिल्म ‘ए मेरो हजुर ३’मा गरेको छु । यो मेरो लागि नौलो अनुभव रह्यो’ उनले थपे ।
२९ चैत्रबाट प्रदर्शनमा आउने फिल्म निर्देशक झरनाकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं