बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुम्बईले पन्जावलाई हरायो

बिहीबार, २८ चैत २०७५, ०७ : ५४
बिहीबार, २८ चैत २०७५

एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मुम्बईले किंग्स इलाभेन पन्जाबलाई तीन विकेटले हरायो ।

वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको एक सय ९८ रनको लक्ष्य मुम्बईले २० ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईको जितमा कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाएका थिए । 

क्विनटन डी ककले २४, सुर्य कुमार यादवले २१, हार्दिक पाण्डया १९ रन, सिद्धेश लाड र अल्जारी जोसेफले समान १५–१५ रन बनाए । बलिङमा पन्जाबका मोहमद सामीले तीन विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धाीरत २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ  खेलेपनि टोलीको हार टार्न सकेनन् । 

ओपनर राहुलले अविजित एक सय रन बनाए । क्रिस गेलले अर्धशतकीय इनिङ खेले । गेलले ६३ रन बनाएका थिए । बलिङमा मुम्बईका हार्दिक पाण्डयाले दुई  विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको मुम्बईले ६ खेलबाट आठ अक बनाएको छ । सात खेलंबाट आठ अंकनै बनाएको पन्जाव चौथो स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप