शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकले भेटे मानिसहरुको अर्को एउटा प्रजाति

बिहीबार, २८ चैत २०७५, ०७ : ५४
बिहीबार, २८ चैत २०७५

बीबीसी

मानव प्रजातिको सूचीमा अर्को एउटा नाम जोडिएको छ जसको अवशेष फिलिपिन्सको एक गुफामा भेटिएको छ ।

लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप लूजोनमा भेटिएको छ । यो प्रजातिको नाम होमो लूजोनेसिस राखिएको छ ।

यो प्रजातिमा पाइने केही –केही भौतिक विशेषताहरु प्राचीन मानव प्रजाति र अहिलेका मानव प्रजातिसँग मिल्दोजुल्दो छ ।

यी प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको हुनसक्ने जो पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान लगाइएको छ । यो अवशेष भेटिनुअघि यस्तो हुनु लगभग असम्भव मानिएको थियो ।

यो खोजपछि फिलिपिन्स र यो प्रान्तमा मानव प्रजातिको विकास निकै जटिल भएको हुनसक्ने अनुमान गरिएको छ किनभने यहाँ पहिलेदेखि नै तीन वा त्योभन्दा बढी मानव प्रजातिको बसोबास थियो ।

यीमध्ये एक थियो छोटो कद भएका ‘हबिट’ वा होमो फ्लोरेसिन्सिस जो इन्डोनेशियाको फ्लोर्स नामको द्वीपमा करिब ५० हजार वर्षसम्म रहेका  थिए ।

लण्डनको नेचुरल हिस्ट्री म्यूजियमका प्राध्यापक क्रिस स्ट्रिंगर भन्छन्, ‘सन् २००४ मा छोटा कद भएका मानव प्रजाति होमो फ्लोरेसिन्सिकबारे जानकारी प्रकाशित भएको थियो । मैलै त्यतिबेला मानव प्रजाति खोज्ने काम जुन फ्लोर्समा गरिएको छ त्यसलाई इलाकाका अन्य द्वीपमा पनि गर्नुपर्ने बताएको थिएँ ।’

‘मेरो अन्दाज सही थियो । त्यसभन्दा करिब तीन हजार किलोमिटर टाढा भएको लूजो द्वीपमा सफलता मिल्यो ।’

नेचर पत्रिकाका अनुसार होमो लूजोनेसिसको अवशेष लूजोनको उत्तरमा भएको कैलाओ गुफामा भेटिएको हो । यो ६७ हजार देखि ६० हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।

गुवलामा भेटिएको अवशेषमा मानव शरिरका तीन हिस्सा भेटिएका छन् जसमा दाँत, हात र खुट्टाको हड्डी समावेश छ । यो अवशेष चार व्यक्तिका हुन् जसमध्ये एक युवाको अवशेष हो । यसलाई सन् २००७ मा गुफाको उत्खननका बेला निकालिएको थियो ।

होमो लूजोनेसिसका केही विशेषता आजका मानव प्रजातिसँग मिल्छ तर केही विशेषता २० देखि ४० लाख वर्षअघि अफ्रिकामा उभिएर हिँड्ने बाँदरजस्ता देखिने अस्ट्रलोपेथेसीन नामको मानव प्रजातिसँग मेल खान्छ ।  

हात र खुट्टाका औंला भित्रतर्फ मोडिएको छ जसले उनीहरु रुख चढ्ने गर्दथे भनेर इशारा गर्छ ।

होमा इरेक्टस ती पहिलो प्रजाति थिए जो १९ लाख वर्ष अघि अफ्रिका छोडेर बाहिर आएको अनुमान गरिन्छ ।

लूजोन द्वीप चारैतर्फ पानीले घेरिएको छ र त्यसकारण यो नयाँ खोजले उनीहरु आखिर त्यहाँ कसरी पुगे भन्ने प्रश्न पैदा गर्छ  

होमा लूजोनेसिसका साथै दक्षिण पूर्वी एशियामा डेनिसोवन्स नामको एक मानव प्रजाति पनि पाइएको थियो । यो इलाकामा आएपछि यो प्रजाति होमो सेपियन्ससँग घुलमिल भएको अनुमान गरिन्छ ।

यो डिएनए विश्लेषणको आधारमा मानिएको हो किनभने यो इलाकामा डेनिसोजन्सका कुनै पनि अवेशष पाइएका छैनन् ।

इन्डोनेशियाको फ्लोर्स द्वीप होमो फ्लोरेसिन्सिकको घर मानिन्छ जसलाई उनीहरुको छोटो कदका कारण हबिट्स पनि भनिन्छ ।

उनीहरु करिब एक लाख वर्ष अघि धर्तीमा बसोबास गर्ने गरेको अनुमान गरिन्छ । उनीहरु करिब ५० लाख वर्ष अघि लोप भएको बताइन्छ । उनीहरु लोप भएसँगै आधुनिक मानव धर्तीमा आउन सुरु भएको बताइन्छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप