शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अबदेखि आइपीओमा १० कित्ता मात्रै पनि आवेदन दिन पाइने

बुधबार, २७ चैत २०७५, १७ : ००
बुधबार, २७ चैत २०७५

काठमाडौं–अबदेखि आइपीओमा १० कित्ताका लागि मात्र पनि आवेदन दिन सकिने भएको छ । यसअघि कम्तीमा ५० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो । नेपाल धितोपत्र बोर्डले सो व्यवस्थालाई पमिार्जन गर्दै १० कित्ताका लगि मात्र पनि आवेदन दिन सक्ने बनाएको जनाएको छ । 

यसअघि सवै वर्गका लगानीकर्ताको सहभागिता बढाउन सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भए भएपनि त्यही १० कित्ताका लागि पनि कम्तीमा ५० कित्ताको पैसा तिरेर आवेदन दिनुपथ्र्यो । 
पूँजीबजारमा पहँुच बढाउने उद्देश्यले सबैको सहभागिता सहज गराउँन १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको  नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

 बोर्डले सबै निष्काशन तथा बिक्रि प्रवन्धकलाई १० कित्तामात्र आवेदन दिनसक्ने व्यवस्था मिलाउन पपित्र गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप