राष्ट्रिय कलाश्री सम्मान–२०७५ वैरागी काइँलालाई
काठमाडौँ– यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्वकुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिए । सम्मानको राशि रु एक लाख रहेको छ ।
त्यसैगरी रु पाँच हजार राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७५’ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै रु २५ हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७५’ कवि एवं अनुवादक सुमन पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यस्तै ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार नरेन्द्रराज शर्मा र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७५’ चित्रकार एरिना ताम्राकारलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष जोशीले जानकारी दिए । सबै पुरस्कार यही चैत २८ गते आयोजित कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे