केन्द्रीय संस्करण
विश्वविख्यात वैज्ञानिक

चार्ल्स डार्विन : डाक्टर बनाउने पिताको इच्छा, उनी त महान् वैज्ञानिक पो बने !

person explore access_timeचैत २७, २०७५ chat_bubble_outline0
https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6f/Editorial_cartoon_depicting_Charles_Darwin_as_an_ape_%281871%29.jpg/761px-Editorial_cartoon_depicting_Charles_Darwin_as_an_ape_%281871%29.jpg

चार्ल्स डार्विन यस शताब्दीकै महान वैज्ञानिकहरु मध्येका एक हुन् । पृथ्वीमा जीवको उत्पत्ति र विकासबारे उनले नयाँ सिद्धान्त पत्ता लगाएका थिए । उनले पत्ता लगाएको सिद्धान्तलाई नेपालीमा ‘डार्विनको विकासवादी सिद्धान्त’ भनिन्छ । त्यसलाई अंग्रेजीमा ‘द थेउरी अफ इभोल्युसन बाई न्याचुरल सेलेक्सन’ भनिन्छ । यो सिद्धान्त उनको समय निकै विवादको विषय रहेको थियो । तर आज यसलाई विज्ञानमा निकै महत्वपूर्ण र परिवर्तनकारी विचार मानिन्छ । र, यही सिद्धान्तले उनलाई अजर र अमर पनि बनाएको छ ।

डार्विनको बाल्यकाल र स्कूले जीवन

स्कूलमा जबरजस्ती घोकाइने पाठहरु डार्विनलाई मन पर्दैनथ्यो । उनलाई त स्वतन्त्र ढंगले बालबालिकाहरुको इच्छाअनुसार उनीहरुले विषय रोज्न र पढ्न पाउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले उनलाई सानोमा सबैले काम नलाग्ने, अल्छे भन्ने गर्थे ।

चार्ल्स डार्विनको पूरा नाम चार्ल्स रोबर्ट डार्विन हो । उनको जन्म सन् १८०९, फेब्रवरी १२ का दिन बेलायतको स्रिउसबरीमा भएको थियो । उनी रोर्बट वारिङ्ग डार्विन र सुसान वेजवुडका पाँचौ सन्तानका रुपमा जन्मेका थिए । उनका परिवार धनी थिए । उनका बुबा र हजुरबुबा आफ्नो समयका प्रसिद्ध डाक्टर थिए । डार्विन आठ वर्षको छँदा नै उनको आमाको मृत्यु भइसकेको थियो । उनको हेरविचार ठूली दिदी क्यारोलिनले गरेकी थिइन् ।

डार्विनलाई प्रारम्भिक शिक्षा उनको दिदी क्यारोलिनले दिएकी थिइन् । त्यसपछि उनलाई स्रिउसबरीमा रहेको रेभ्ड केसको ग्रामर स्कूलमा भर्ना गरियो । उक्त स्कूल केटाहरुको लागि आवासीय विद्यालय थियो । तर घर नजिकै स्कूल भएको कारण उनी हप्तामा धेरै पटक घर आउन पाउँथे । स्कूलमा इतिहास, ग्रीक आदि जस्ता विषयहरु पढ्न उनलाई निकै अल्छी लाग्थ्यो । अझ ग्रीक भाषामा त उनी निकै कमजोर थिए । स्कूलमा उनी सेक्सपियरको नाटकहरु पढ्न मात्र रुचाउँथे । यसको साथै उनलाई विभिन्न कविताहरु पढ्न पनि मन पथ्र्यो ।

स्कूलमा जबरजस्ती घोकाइने पाठहरु डार्विनलाई मन पर्दैनथ्यो । उनलाई त स्वतन्त्र ढंगले बालबालिकाहरुको इच्छाअनुसार उनीहरुले विषय रोज्न र पढ्न पाउनुपर्छ भन्ने लाग्थ्यो । त्यसैले उनलाई सानोमा सबैले काम नलाग्ने, अल्छे भन्ने गर्थे । मानिसहरुले जबरजस्ती पढाइने त्यसबेलाको प्रचलनअनुसारको पढाइमा ध्यान नदिएका कारण त्यसो भन्ने गरेका थिए । उनलाई स्कूलका अल्छीलाग्दा पाठहरु घोक्नुभन्दा  जीवजन्तुहरुका बारेमा जान्ने बढी इच्छा थियो । त्यसैले उनी बट्टामा कीरा फट्यांग्रा र गड्यौलाहरु जम्मा गर्ने काममा बढी रुचि राख्थे । 

साथै, आफ्नो रुचिअनुसारको विभिन्न किताबहरु पनि पढ्न मन पराउँथे । उनी ‘वन्डर्स अफ द वल्र्ड’ नामक किताबबाट निकै प्रभावित भएका थिए । त्यही किताब पढेपछि उनमा संसारका विभिन्न प्राकृतिक सम्पदाहरुको बारेमा जान्ने इच्छा पैदा भएको थियो । १३ वर्षको उमेर छँदै उनी दाजु इरास्मससँग मिलेर विभिन्न रासायनिक प्रयोगहरु गरिरहन्थे । यसका लागि उनी र उनका दाजुले घरमै एउटा प्रयोगशाला पनि बनाएका थिए । कहिलेकाहीँ त उनीहरु राति अबेरसम्म पनि विभिन्न खाले ग्याँसहरु बनाउँदै र विभिन्न प्रयोगहरु गर्दै बस्ने गर्थे । यसले गर्दा साथीहरुले उनलाई ‘ग्याँस डार्विन’ भनेर पनि बोलाउने गर्थे । उनको स्कूलको हेडमास्टरले पनि उनलाई त्यस्तो बेकारको काम नगर भनेर गाली गर्ने गर्थे । डार्विनले भने दाजुको ल्याबमा विभिन्न खाले प्रयोगहरु गर्न सिके । त्यसले उनलाई पछि विभिन्न खाले प्राकृतिक प्रयोगहरु गर्न मद्दत ग¥यो ।

डाक्टर बनाउने पिताका चाहना

डार्विनका पिता उनलाई आफ्नो परिवारका अन्य सदस्यहरु जस्तै डाक्टर बनाउन चाहन्थे । फलतः स्कूलको पढाइ सकिएपछि उनी सन् १८२५ मा उनी स्कटल्याण्डको सबैभन्दा प्रतिष्ठित इडिनवर्ग विश्वविद्यालयमा भर्ना पनि भए । औषधी विज्ञान पढ्दा त्यहाँ रगतहरुको पनि अध्ययन गर्नुपथ्र्यो । तर उनी रगत देखेपछि एकदमै बिरामी भए ।

डार्विनका पिता उनलाई आफ्नो परिवारका अन्य सदस्यहरु जस्तै डाक्टर बनाउन चाहन्थे । फलतः स्कूलको पढाइ सकिएपछि  उनी सन् १८२५ मा उनी स्कटल्याण्डको सबैभन्दा प्रतिष्ठित इडिनवर्ग विश्वविद्यालयमा भर्ना पनि भए । औषधी विज्ञान पढ्दा त्यहाँ रगतहरुको पनि अध्ययन गर्नुपथ्र्यो । तर उनी रगत देखेपछि एकदमै बिरामी भए । औषधी विज्ञान पढ्ने उनको रुचि पनि थिएन ।  त्यसैले आफ्नो अध्ययनलाई बीचमै छोडे । पछि उनी चर्चमा काम गर्नका लागि क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भए । त्यहाँ पनि उनको मन पढाइमा लागेन । उनको भित्री रुचि नै जनवार र बोटविरुवाको अध्ययन गर्ने थियो । उनी चर्चको अध्ययनभन्दा पनि प्रकृतिको अध्ययन गर्न चाहन्थे ।

मेडिकल कलेजमा पढ्दाकै बेला हो, उनको भेट दक्षिण अमेरिकाबाट आएका जोन एड्मोन्स्टोन गुवानासँग भयो । उनी मेडिकलका विद्यार्थीहरुलाई टेक्सीडर्मीको फाइन आर्टको बारेमा शिक्षा दिन्थे । उनी डार्विन बसेको ठाउँ नजिकै बस्थे । चाँडै जोन र डार्विन निकै मिल्ने साथी भए । सन् १८२६ को फेब्रवरीदेखि डार्विनले एड्मोन्स्टोनसँग कुकुरहरुलाई स्याहार गर्ने तरिकाहरु सिक्न थाले । यो समयमा उनले एड्मोन्स्टोनसँग दक्षिण अमेरिकाको बारेमा धेरै प्रश्नहरु गर्न पनि पाए । त्यहाँको प्राकृतिक सुन्दरताको बारेमा जानेपछि डार्विनको मस्तिष्कमा दक्षिण अमेरिकाको तस्वीरहरु घुम्न थाल्यो । उनमा त्यहाँ जाने इच्छा पलायो ।

विभिन्न ठाउँको यात्रा

दक्षिण अमेरिका जाने उनको सपना केही वर्षपछि नै पूरा भयो । उनले दक्षिण अमेरिकासम्मको यात्रा गरे । २२ वर्षको उमेर उनले गरेको यो यात्रालाई विगल भोयज भनिन्छ ।

सन् १८३१ मा उनले एच्.एम्.एस् विगल नामक जहाजमा एउटा प्राकृतिक वैज्ञानिक भएर विश्वभरिको यात्रामा निक्ले । उक्त यात्राको कप्तान रोबर्ट फिज्रोय थिए । उनीहरुले पहिले दक्षिण अमेरिकाको तटीय क्षेत्र पुगे । डार्विनले त्यहाँका जंगली जनवारहरुको बारे अध्ययन गर्न थाले ।

सन् १८३१ मा उनले एच्.एम्.एस् विगल नामक जहाजमा एउटा प्राकृतिक वैज्ञानिक भएर विश्वभरिको यात्रामा निक्ले । उक्त यात्राको कप्तान रोबर्ट फिज्रोय थिए । उनीहरुले पहिले दक्षिण अमेरिकाको तटीय क्षेत्र पुगे । डार्विनले त्यहाँका जंगली जनवारहरुको बारे अध्ययन गर्न थाले । उनले त्यहाँको जीवाशेष, ढुंगा र विभिन्न प्राणी र वनस्पतिहहरु पनि जम्मा गरे । त्यति बेला चिलीमा ठूलो भुइँचालो गयो । भुइँचालोले गर्दा दक्षिण अमेरिकाको तटीयक्षेत्रमा करिब १ मिटरले वृद्धि भयो । यो देखेर डार्विन एकदमै छक्क परे । यहीँबाट उनले पृथ्वीको सतहमा आउने बद्लावहरुको बारेमा पनि अध्ययन गर्न थाले । उनले यो विषयमा ब्रिटिस वैज्ञानिक चार्ल्स येलले लेखेको प्रिन्सिपल्स अफ ज्योलोजी नामक किताबको पहिले नै अध्ययन गरिसकेका थिए ।

महत्वपूर्ण टापुहरु

समुद्र र जमिन सँधै बद्लिरहन्छ । के जनवार र प्राणीमा पनि यस्तै बद्लावहरु आउँछन्

त ? यो प्रश्न सधैं डार्विनको मनमा खेलिरहन्थ्यो । यस विषयमा अध्ययन गर्ने क्रममा उनले प्रशान्त महासागरमा रहेको ग्यालावागोस टापुहरुको यात्रा गरे । त्यहाँका विभिन्न टापुहरुमा रहेका जनवारहरु प्रायः एकै प्रकारका थिए । तर अलग अलग टापुहरुमा रहेका जनवारहरुमा केही भिन्नताहरु भने अवश्य थिए । विभिन्न ठाउँमा फरक–फरक खानाहरु पाइन्थ्यो । त्यसैको कारणले गर्दा नै ठूलो कछुवा, मोकिङ्ग चरा आदिको उत्पति भएको कुराको उनी अध्ययन र विश्लेषण गर्न थाले ।

घरमा फर्केपछि

विगलमा ५ वर्षको यात्रा गरेपछि उनी बेलायत फर्के । उनले लण्डनमा बसेर आफूले बोकेर ल्याएको जीवाशेष, बोटविरुवा आदिको अध्ययन गर्न थाले । उनले सन् १८३९ मा जर्नल अफ रिर्सच नामक किताब प्रकाशित गरे । यो किताब उनको यात्राको सम्बन्धमा थियो । यो किताबको बिक्री राम्रै भयो । डार्विनले रोबर्ट थोमस माल्थसको प्रिन्सिपल अफ पपुलेसन (१७९८) नामक किताब पढे । उक्त किताबमा माल्थसले कसरी मानिस र अन्य प्राणीले बाँच्न सक्नेभन्दा धेरै बच्चाहरु जन्माउँछन् भन्ने कुरा प्रस्तुत गरेका थिए । यो किताब पढेपछि उनले ‘प्रकृतिले नै को बाँच्ने वा नबाँच्ने भन्ने कुरा छुट्याउँछ वा निर्धारण गर्छ’ भन्ने विचारको विकास गरे । यो विचार उनले १८४० मा विकास गरेका थिए । तर यस बारेमा उनले कसैलाई पनि थाहा दिएनन् । यो कुरा बाइबल र धर्ममा विश्वास गर्नेले मान्दैन भन्ने उनलाई थाहा थियो । किनभने तिनीहरु प्रकृतिले भन्दा भगवानले सबै कुराको सृजना गर्छन् भन्ने कुरामा विश्वास राख्थे । भगवानले सृजना गरेको कुनै पनि कुरा बद्लिँदैन भन्ने धारणा त्यसबेला व्याप्त रहेको थियो ।

वैवाहिक जीवन र पुस्तक प्रकाशन

सन् १८३९ मा डार्विनले इमा वेजवुडसँग विवाह गरे । विवाहपछि उनीहरु केन्टको डौनमा रहेको डाउन हाउसमा बसाइँ सरे । उनीहरुले १० जना छोराछोरीलाई जन्म दिए । तीमध्ये ३ जनाको भने सानै उमेरमा मृत्यु भयो ।

सन् १८३९ मा डार्विनले इमा वेजवुडसँग विवाह गरे । विवाहपछि उनीहरु केन्टको डौनमा रहेको डाउन हाउसमा बसाइँ सरे । उनीहरुले १० जना छोराछोरीलाई जन्म दिए ।  तीमध्ये ३ जनाको भने सानै उमेरमा मृत्यु भयो । दक्षिण अमेरिकामा हुँदा लागेको रोगको कारण डार्विन आफैं पनि बिरामी हुन थाले । सन् १८५८ मा डार्विनले मलेसियाबाट एल्फ्रेड रसल वालेसको एउटा चिठ्ठी प्राप्त गरे । वालेस पनि प्राकृतिक वैज्ञानिक नै थिए । उक्त चिठ्ठीमा वालेसले जीवजन्तुको विकासको बारेमा आफ्नो विचारहरु लेखेर पठाएका रहेछन् । उनको विचार डार्विनसँग केही हदसम्म मेल खान्थ्यो । यो चिठ्ठीले उनलाई लण्डनको लिनेन समाजमा यसबारेमा भाषण दिने र आफ्नै किताब लेख्ने हौसला प्रदान ग¥यो । सन् १८५९ उनले ‘अन द ओरिजिन अफ स्पेसिस बाई द मिन्स अफ न्याचुरल सेलेक्सन’ भन्ने किताब प्रकाशित गरे । उनको यो किताब अहिलेसम्म कै धरै बिक्री हुने किताबको सूचीमा पर्दछ ।

डार्विनले आफ्नो त्यस किताबमा कसरी जीवित प्राणीहरु समयसँगै बद्लिन्छन् वा कसरी तिनीहरुको विकास हुन्छ भन्ने सिद्धान्तको व्याख्या गरेका थिए । जुन प्राणी बद्लिँदो वातावरणसँग मिलेर बस्न सक्छ, त्यही प्राणी मात्र धेरै समयसम्म बाँच्न सक्छ भन्ने उनको धारणा रहेको थियो । डार्विनको यस सिद्धान्तअनुसार डायनासोर अकारमा ठूलो भएपनि बद्लिँदो वातावरणसँग मिल्न नसकेर लोप हुन पुग्यो । तर साङ्गलेकीरा आकारमा सानै भएपनि वातावरणमा घुलमिल हुन सकेर आजसम्म बाँचिरहेको छ । डार्विनका अनुसार प्रकृति वा वरिपरिको वातावरणसँग घुलमिल हुने र पुस्तौंपुस्तासम्म जीव बाँच्ने र विकास हुने यस्तो विशेषताहरु एकपछि अर्को पिँढीमा सर्दै जान्छ । यसक्रममा लामो समय पारगरिसक्दा धेरै प्राणीहरु बद्लिँदो वातावरणमा बाँच्नका लागि आफूलाई पनि बद्लिँदै जान्छन् । यस्तो प्रक्रियाबाट नयाँ नयाँ प्रकारका जीवहरुको उत्पत्ति पनि हुन्छ र पुराना खालका जीवहरुको सन्तान नै पनि मासिएर जान्छ । डार्विनले अगाडि सारेको यो सिद्धान्तलाई नै विकासवादको सिद्धान्त भनिन्छ ।

सिद्धान्तले विवाद जन्मायो !

आफ्नो सिद्धान्त धर्मले मानिआएको कुराको विपरीत छ र यो प्रकाशमा आएपछि ठूलो विवाद हुने कुरा डार्विनलाई थाहा थियो । नभन्दै त्यस्तै भयो । उनको किताब प्रकाशित भएपछि त्यसले ठूलो विवाद निम्तायो । डार्विनले आफ्नो किताबमा मानिसको पुर्खा बाँदर हो भनेर भनेका थिए । धेरैले यो कुराको खिल्ली उडाए । किनभने उनको यो भनाइ त्यसअघि मानिसले मान्दै आएको कुरा सबै जीवजन्तु र प्राणीलाई भगवानले बनाएको भन्ने कुराको विरुद्ध थियो । आफूले लामो समयसम्म अध्ययन गरेको कुरालाई बिना सोचविचार गरी खिल्ली उडाएको कुराले डार्विन निकै दुःखी भए । तर चाँडै नै धेरैले डार्विनको उक्त तर्कमा वैज्ञानिक तथ्य रहेको कुरा थाहा पाए । त्यसपछि धेरैले उनको सिद्धान्तको समर्थन पनि गर्न थाले । उनको सिद्धान्तलाई सबैभन्दा धेरै समर्थन थोमस हेनरी हक्सले नामक वैज्ञानिकले गरेका थिए ।

पढन्ते डार्विन

सानैदखि डार्विन किताब पढ्न असाध्य रुचाउँथे । यो बानी उनको जीवनभर नै रहिरह्यो । पहिले उनी सेक्सपियरका किताबहरु पढ्थे । सन् १८२६ पनि भने उनले प्राकृतिक इतिहाससम्बन्धी किताबहरु पनि पढ्न थाले । उनले द न्याचुरल हिस्ट्र अफ सेल्बोर्न, न्याचुरल थियोलोजी, प्रिलिमनरी डिस्कोर्स अन स्टडी अफ नेचुरल फिलोसोफीजस्ता किताबहरु पढ्ने गर्थे । सुरुमा साहित्यिक रचनाहरु पढे पनि पछि गएर उनले विशेष गरेर विज्ञानसम्बन्धी किताबहरु नै पढने गर्थे ।

डार्विन आफैंले पनि विभिन्न किताबहरुले लेखेका छन् । उनले लेखेका किताबहरुमा द ओरिजिन अफ स्पेसिस बाई द मिन्स अफ न्याचुरल सेलेक्सन, द डिसेन्ट अफ म्यान एण्ड सेलेक्सन इन रिलेसन टु सेक्स प्रसिद्ध छन् । उनका यी कृतिहरुलाई जीव विज्ञानको क्षेत्रमा ठूलो धरोहर मानिन्छ ।

शान्त जीवन

आफ्नो जीवनको अन्त्यतिर डार्विनले आफ्नो धेरै समय घरमा नै बिताए । यति बेला उनले बगैँचामा नयाँ प्रकारको फूल उत्पादन गर्ने तरिकाहरुको बारेमा किताब प्रकाशित गरे । उनले गँड्यौलाले कसरी जमीन उर्बर बनाउन मद्दत गर्छ भन्ने बारेमा पनि किताब लेखे । सन् १८७१ मा उनले मानिसका पुर्खा बाँदर हो भन्नेबारेमा वैज्ञानिक ढंगले चर्चा गर्दै  द डिसेन्ट अफ म्यान नामक किताब पनि प्रकाशित गरे । उनले गरेका योगदानहरुवापत उलाई रोयल सोसाइटीको सदस्य बनाइयो । यसको साथै उनलाई धेरै सम्मान र पुरस्कारहरु पनि प्रदान गरियो । उनको मृत्यु सन् १८८२ अप्रिल १९ तारिखका दिन भएको थियो । उनको अन्तिम संस्कार ठूलो सम्मानका साथ लण्डनको वेटमिन्सटर एबेमा गरियो ।


कस्तो देखिन्थे डार्विन ?

चार्ल्स डार्विन करिब ५ फिट, ११ १÷२ इन्च अग्ला थिए । उनको वजन करिब १४८ पाउण्ड थियो । उनको कपालको रंग गाढा खैरो रंगको थियो । उनको कपाल भने बाक्लो र छेउमा एकदमै घुमाउरो थियो । उनको आँखा निलो–खैरो रङ्गको थियो । उमेर ढल्किँदै जाँदा उनका कपाहरु पनि विस्तारै झर्दै गए । उनको अनुहारमा पनि चाउरी पर्न थाले र उनको वजनमा पनि वृद्धि भयो । अरुले सजिलै नचिनोस् भनेर सन् १८६६ सम्ममा त उनले हल्का सेतो रङ्गको दाह्री पनि पालिसकेका थिए । त्यही साल उनी रोयल सोसाइटीमा मिटिङ्गमा जाँदा उनका नजिकका मित्र जोसेफ हुकरले पनि उनलाई चिन्न सकेनन् ।

उनका छोराछोरीका अनुसार उनी गफ गर्न निकै रुचाउँथे । बोल्दा पनि उनी हातको इसाराहरु धेरै प्रयोग गर्थे । उनी अरुले भनेको कुरालाई एकदमै ध्यान दिएर सुन्ने पनि गर्थे । उनी हाँस्दा बढो खुलेर हाँस्ने गर्थे । कहिलेकाहीँ त हाँस्दा उनी आफ्नो दुईवटै हातलाई उठाएर खुट्टामा हिर्काउने पनि गर्थे । कुरा गर्दा कहिलेकाहीँ उनको जिब्रो लट्पटाउने गथ्र्यो । विशेष गरेर ध् अक्षरबाट सुरु भएको शब्दको उच्चारण गर्दा उनलाई निकै अप्ठ्यारो महसुस हुन्थ्यो । आफ्नो जानेको वा अध्ययनको विषय बाहेक अन्य विषयमा उनी वादविवाद वा तर्क प्रस्तुत गर्न पनि रुचाउँदैन थिए ।

सानो उमेरदेखि नै डार्विन निक्कै सोचविचार गरिरहन्थे । उनी प्रायः विभिन्न कुरा सोचेर टोलाएर बस्ने गर्थे । एक दिन उनी एउटा ढुंगाको पर्खालमाथि चढेर केही कुरा सोँच्दै हिँडिरहेका थिए । हिँड्दा हिँड्दै आफ्नो सोँचमा डुबेर उनी उक्त पर्खालबाट ८ फिट तल भूइँमा खस्न पुगेका थिए । उनी खेलकुदमा भन निकै राम्रो थिए । विशेष गरेर पौडी र ढुंगा फ्याँक्ने खेलमा उनी निकै प्रभावशाली थिए । सानोमा उनी निकै सोझो पनि थिए ।


Photos: wikimedia

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...