सत्तारुढ फोरमले जलायो सर्वोच्च अदालतको आदेश (तस्बिरसहित)
जनकपुर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सर्वोच्च अदालतले गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै प्रदर्शन गरेको छ ।
जन्मसिद्ध तथा जन्मको आधारमा नागरिकता सर्वोच्च अदालतले दिन भनेको केही दिन नबित्दै पुनः सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि फोरम नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी फोरम धनुषाले आज बेलुका जनकपुरको भानु चोकमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएको हो ।
समाजवादी विद्यार्थी फोरम धनुषाको उपाध्यक्ष विकास यादवको अगुवाईमा अदालतको निर्णय मधेस विरोधी भएको भन्दै प्रतिलिपि जलाइएको हो ।
प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका थिए । फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
-
आईएल टी–२० : कुशलआबद्ध टोलीले दीपेन्द्रको टोलीलाई हरायो
-
अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
-
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहरूको निर्णय
-
रविको विषयमा विपक्षी दलको बैठकमा छलफल, राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको ठहर
-
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प