शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृगौला पीडितलाई आर्थिक सहयोग

मङ्गलबार, १९ चैत २०७५, १२ : १५
मङ्गलबार, १९ चैत २०७५

काठमाडौँ । एनआरएनका केन्द्रीय सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र मदन अधिकारीले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । 

काठमाडौँमा एक कार्यक्रम आयोजना गरी  मृगौला पिडित धादिङका विष्णु सुनार र संजीव कंडेललाई जनही रु .एक ÷एक लाख आर्थिक सहयोग गरिएको हो ।

 मार्च ८ मा संचालन गरिएको “दुर्बइ गोर्खाली नाईट २०१९” मा संकलन भएको सो रकम हस्तान्तरण गरिएको  एनआरएनका केन्द्रिय सदस्य मनोज गोर्खालीले बताए । 

३४ वर्षका विष्णु सुनार र ४० वर्षका संजीवको मृगौलामा विगत एक वर्ष देखि समस्या देखिएको थियो । दुबैजना पहिला प्रेसरको बिरामी थिए भने पछि उनीहरुको मृगौलामा समस्या देखिएको बताए । 
धादिङका मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले धादिङ जिल्लामा विभिन्न विद्यालय र समस्यामा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप