शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको भविष्य सङ्कटमा

मङ्गलबार, २६ चैत २०७५, ०७ : ४२
मङ्गलबार, २६ चैत २०७५

गाईघाट –  नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् । 

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांगे्रस साह्रै कमजोर बन्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांगे्रसका केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा कांगे्रस पार्टी कमजोर बन्न पुगेको जिकिर गरे । 

अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांगे्रसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेता कोइरालाको रहेको छ । जिपी फाउण्डेशनको स्थापनासँगै नेपाली कांगे्रसका उदयपुर जिल्ला पार्टी सचिव मदनराज कटुवाललाई सो फाउण्डेशनको संयोजकमा नियुक्त गरिएको छ ।
 
            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप