शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वावे पी ३० सिरिजका ३ मोबाइल बजारमा, डिएनएमा आधारित फोटोग्राफी र डिजाइन

सोमबार, २५ चैत २०७५, १७ : १४
सोमबार, २५ चैत २०७५

काठमाण्डौं–  ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक भएको छ । चैत्र २४ गते आयोजना गरिएको एक भव्य समारोह बीच ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक भएका छन् । 

नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको ब्रिक्री चैत २९ बाट सुरू हुने कम्पनीले जनाएको छ । ह्वावे पी ३० प्रो को मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ ।

त्यस्तै ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबार सम्म गर्न सकिनेछ । ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।

यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा), स्तरोन्नति गरिएको अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३० र ह्वावे पी ३० प्रो मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ ।

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने निश्चित छ ।

डीएक्सओ मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रोमा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ साथै ह्वावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० एमपीको मुख्य क्यामरा, २० एमपीको अल्ट्रावाइड एंगल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरू खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ । 

ह्वावेको पी ३० सिरिजले प्रयोगकर्ताहरूलाई आफू वरपर सुन्दरता कैद गर्न सहज बनाई आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय गर्ने कम्पनीको विश्वास छ ।

आरवाईवाईबी ह्वावे सुपरस्पेक्ट्रम सेन्सर परम्परागत आरजीजीबी बेयर फिल्टर भन्दा फरक छ । यसमा ग्रीन पिक्सलको स्थानमा पहेंलो पिक्सल रहेको ५ भने ह्वावे पी ३० प्रो ले आइएसओ रेटिङमा सबैभन्दा धेरै ४०,९६,०० र ह्वावे पी ३० ले २०,४८,०० पाएको छ ।

ह्वावेको एआईएस, ओआइएस र ह्वावेको पी ३० प्रो को एफ÷१.६ ईन्चको वाइड एपरर्चरसहित सेन्सर प्रविधिमा आएको आधारभूत परिवर्तनले फोटोग्राफी र भिडियोग्राफीको असमान्य अनुभव प्रदान गर्दछ र एकदमै कम उज्यालो वा जस्तोसुकै प्रकाशमा पनि स्पष्ट र प्रष्ट रंग वा पृष्ठभूमि भएका तस्वीरहरू खिच्दछ ।

ह्वावेले ह्वावे वाच जिटी एक्टिभ ईडिसन र एलगेन्ट ईडिसन, ह्वावे फ्रिलेस वायसलेस इयसफोन, ह्वावे एक्स जेन्टलमोन्सटर आईवेयर पनि सार्वजनिक गरेको छ 

नयाँ सुपरजुम लेन्सले पाँच गुणा अप्टिकल जुम, १० गुणा हाइब्रिड जुम र ५० गुणा डिजिटल जुम सपोर्ट गर्दछ ।

ह्वावे टिओएफ क्यामराले एक्युरेट इमेज दिनका लागि डेप्थ अफ फिल्ड इन्फोरमेसन कैद गर्दछ । ह्वावेको एआईले पर्फेक्ट तस्वीर दिनका लागि सघाउँछ । एआई एचडीआर प्लसले फ्रन्ट र रियर क्यामरा संचालन गरी एकै चोटि खिचिएका तस्वीरहरुलाई राम्रो बनाउँछ ।

ह्वावेको पी ३० सिरिजमा भएको स्मार्टफोटोग्राफीलाई सुपरस्पेक्ट्रम सेन्सरले कम प्रकाशमा पनि रातमा खिचिएका तस्वीरहरू उज्यालो र एकदम प्रष्ट आउँछ र यसले स्मार्ट भिडियोग्राफीको परिभाषालाई पुनः परिभाषित गरेको छ । 

ह्वावेको डुअल भ्यू भिडियोल एउटै सिन वा मानिसको दुई वटा पर्सपेक्टिभ सटहरु खिच्न सघाउँछ । ह्वावेको एआईएस र ओआईएसले सबै भिडियो क्याप्चर सेटिङहरूका लागि भिडियो स्टेबलाइजेसजनलाई सपोर्ट गरी परफेक्ट सट दिन्छ ।

यसका साथै सुपरजुम लेन्सले सटिक क्लोजअप तस्वीरहरू खिच्न मद्दत गर्छ भने एआई भिडियो एडिटरले स्पेशल इभेक्टहरू र ब्याकग्राउन्ड म्युजिक प्रदान गरी ह्वावे पी ३० सिरिजलाई मोबाइल प्रोडक्शन स्टुडियोमा परिणत गर्दछ ।

ह्वावे पी ३० सिरिजका प्रमुख विशेषताहरू

–प्रोसेसर पी ३० प्रोः ७ एनएम किरिन ९८०
–सबै सिरिजका लागि इएमयूआईः ह्वावे स्मार्टफोनहरु र ह्वावे ल्यापटपहरुबीच सिमलेस फाइल सेयर गर्नका लागि ८.१ ले सपोर्ट गर्ने ।

– ह्वावे पी ३० प्रोमा ४२०० एमएएच ब्याट्री रहेको छ र ४० वाटको ह्वावे सुपरचार्जलाई पनि सपोर्ट गरी मात्र ३० मिनेटमा जिरोबाट ब्याट्री ७० प्रतिशतमा पुर्याउँछ। 
– ह्वावे पी ३० सिरिजमा डुअल सिम र डुअल भिओएलटीई कनेक्टिभिटी जस्ता अत्याधुनिक वायरलेस कम्युनिकेशनलाई सपोर्ट गर्दछ । 

– ६.४७ ईन्चको ह्वावे पी ३० प्रो र ६.१ ईन्चको ह्वावे पी ३० ब्रेथिङ क्रिश्टल, एम्बर सनराइज, अरोरा, पर्ल ह्वाईट र ब्ल्याक रंगहरूमा उपलब्ध छ । 
– चाँडो र पहिचान सुरक्षित गर्न अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरयुक्त 

– ह्वावे पी ३० मा ह्वावे अगोस्टिक डिस्प्ले प्रविधि रहेको छ जसले साउन्ड इमिटिङ डिस्प्लेमार्फत् उच्च क्वालिटीको अडियो प्रदान गर्छ।
    

ह्वावे कन्ज्युमर बीजी 

ह्वावेका उत्पादन तथा सेवाहरू १ सय ७० देशहरूमा उपलब्ध छ तथा विश्वका एक तिहाई जनसंख्याले यसको प्रयोग गर्दछ । संयुक्त राज्य अमेरिका, जर्मनी, स्वीडेन, रुस, भारत तथा चीनमा पन्ध्र वटा आर एण्ड डी सेन्टरहरू स्थापना गरिएका छन् ।

ह्वावेको तीनवटा व्यवसायिक इकाईहरूमध्येको ह्वावे कन्ज्युमर बीजी एक हो तथा स्मार्टफोन, कम्प्युटर, ट्याब्लेट, वेयरएबल तथा क्लाउड सेवाहरू प्रदान गर्छ । ह्वावेको विश्वव्यापी संजाल टेलिकम उद्योगको झण्डै तीस वर्षको दक्षतामाथि बनेको छ तथा विश्वभर रहेका उपभोक्ताहरूलाई पछिल्लो प्राविधिक विकासहरू उपलब्ध गराउन समर्पित रहँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप