अमेरिकाको एक विद्यालयका ७ शिक्षिका एकैपटक गर्भवती
एजेन्सी– अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा एक अनौठो स्थिति सिर्जना भएको छ । केन्सासको ओक स्ट्रीट स्कुलका १४ शिक्षिकाहरु कार्यरत छन् । तीमध्ये आधा शिक्षिकाहरु एकैसाथ मातृत्व आवकासमा जानेवाला छन् । आधा शिक्षिकाहरु एक्कैपटक गर्भवती भएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
‘योजनाबद्ध होइन ’
क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् । गर्भवती हुने एक शिक्षिका टिफ्यानी दुई बच्चाकी आमा हुन् । उनका एक बच्चाको उमेर ७ वर्षको छ भने अर्कीको ९ वर्ष छ । उनले आफू थप बच्चाको आमा हुन लागेकोमा निक्कै रोमाञ्चित भएको बताइन् ।
‘पहिलो पटक यस्तो घटना’
स्कुलकी प्रिन्सिपल एश्ले मिलरका भनाईमा उनको दुई दशकको करियरमा पहिलो पटक यस्तो घटना भएको बताइन् । ७ औं कक्षाकी शिक्षिकाले उनी कहाँ आएर आफू गर्भवती भएको बताउँदा अचम्म परेको बताइन् । खासमा त्यस अघिनै ६ शिक्षिकाहरुको एकसाथ गर्भवती भएको बताइसकेका थिए ।
एल्लेले खबर सुनेपछि शिक्षिकाहरुले आफूलाई मूर्ख बनाएर रमाइलो गरेको पो हो कि भनेर सोधेको पनि बताइन् । एश्लेका अनुसार मार्च र अक्टोबरमा नै दुई शिक्षिकाहरुले बच्चालाई जन्म दिएका थिए ।
एउटै विद्यालयका ७ शिक्षिका गर्भवती भएको खबर पुरै शहरमा फैलिएको छ । मानिसहरुले यसलाई हसि–मजाकको रुपमा लिइरहेका छन् । मानिसहरुले अब त स्कुलको पानी पिउँदा पनि अब त गर्भ रहला भन्ने डर भएको भनेर उडाउन थालेका छन् ।
प्रिन्सिपलले ७ जना शिक्षिकाहरु मातृत्व अवकाशमा जाँदा नयाँ शिक्षिकाहरु ल्याएर खाँचो हुन नदिने बताइन् । प्रिन्सिपलले ७ शिक्षिकाबाट ८ बच्चा जन्मन लागेको पनि जानकारी दिइन् । उनका अनुसार ४ कक्षामा पढाउने केलीको गर्भ जचाउँदा गर्भमा जुम्लाहा रहेको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित