मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१० हाइकिङ गन्तव्य : बनाउने होइन त नयाँ वर्षलाई विशेष ?

सोमबार, २५ चैत २०७५, १६ : ००
सोमबार, २५ चैत २०७५

नयाँ वर्षको रमझम र नयाँ वर्षे योजना बन्न सुरु भइसकेका छन् । नयाँ वर्ष भन्नेवित्तिकै अधिकांशको दिमागमा पहिलो दिन रमाइलो गरे वर्षैभरी रमाउन पाइन्छ भन्ने सोच पनि आउँछ । नयाँ वर्षलाई हामीमध्ये कतिपयले नयाँ प्रस्थान विन्दु बनाउँछौँ र विभिन्न सङ्कल्प गर्छौं । वर्षभरी विशेष होस् भन्नका लागि पनि नयाँ वर्ष (वैशाख १) जीवनमा नयाँपन र खास गर्छु भन्ने सङ्कल्पको प्रस्थान विन्दु पनि हो ।

नयाँ वर्ष २०७६ आउन एक साताभन्दा कम समय छ । अधिकांशले नयाँ वर्षमा घुमफिर योजना बनाइरहेका हुनसक्छन् भने अधिकांश कहाँ जाने अन्योलमा पनि होलान् । हामी तपाईंलाई उपत्यकाबाट नजिकका गन्तव्य सुझाउँछौँ, जहाँ तपाईंले आफ्नौ नयाँ वर्ष खास बनाउन सक्नुहुन्छ ।

विशेष गरी हाइकिङ पारखीहरुका लागि यी गतन्व्य सही हुनसक्छन् । जहाँ गएर तपाईं नयाँ वर्षको सुरुवातलाई यादगार बनाउन सक्नुहुन्छ । शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउँने हाइकिङ पछिल्लो समय युवा पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ । हाइकिङ गन्तव्य छनौट गर्दा सकभर नयाँ र सुरक्षित गन्तव्य चयन उचित हुन्छ ।

उपत्यका नजिकका हाइकिङ गर्ने ठाउँ यी हुन् ।

नागार्जुन

www.infonepaltrekking.com

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको एक हाइकिङ गन्तव्य हो नागार्जुन । उपत्यकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने यो रुटको पूरै हिँडाइ घना जङ्गलभित्र हुन्छ । नागार्जुनको अधिकतम उचाइ २ हजार १ सय २८ मिटर छ ।  यसको हाइकिङ दुरी ९ किलोमिटर छ । जमाचो गुम्बा, स्तुपा, काठमाडौँ उपत्यका र हिमाली दृश्य अवलोकन गर्दै हिँड्न पाइन्छ ।  यसको हाइकिङ दुरी ९ किलोमिटरको छ ।

शिवपुरी

www.nepalecotrekking.com

यसको अधिकतम उचाइ २ हजार ५ सय ६३ मिटरसम्म छ भने हाइकिङको दुरी १६ देखि १८ किलोमिटरसम्म छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने शिवपुरी डाँडामा पुग्ने तीन ट्रेल छन् । शिवपुरी डाँडामा पुग्दा मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

चम्पादेवी

https://images.thrillophilia.com

काठमाडौँ र मकवापुर जिल्लाको सिमानामा रहेको चम्पादेवीबाट गौरीशङ्कर लाङटाङलगायत मनोरम हिमाली दृश्य हेर्न सकिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट अथवा चोभारको टौदहबाट पनि हाइकिङ सुरु गर्न सकिन्छ । चम्पादेवीको अधिकतम उचाइ २ हजार २ सय ८५ मिटरसम्म छ । यसको हाइकिङ दूरी १४ किलोमिटर छ ।

फुलचोकी डाँडा

www.adventurevisiontreks.com

उपत्यकाको सबैभन्दा अग्लो ठाउँमा रहेको फुलचोकीको हाइकिङ सबैभन्दा कठिन पनि मानिन्छ । हिउँदमा हिउँले छोपिने यो डाँडामा पछिल्लो समय युवाहरु आकर्षित बनेका छन् । यसको अधिकतम उचाइ २ हजार ७ सय ६५ मिटर सम्म छ ।

चन्द्रागिरी

https://lpviator.imgix.net

२ हजार ४ सय ७५ मिटरको अधिकतम उचाइ रहेको चन्द्रागिरीको हाइकिङ दूरी १२ किलोमिटर छ । चन्द्रागिरीबाट सगरमाथा, मकालु कङ्चनजङ्घा, मनास्लुलगायतका हिमाली दृश्य अवलोकन गर्न  सकिन्छ ।
 

नगरकोट

https://enepaltrekking.com

२ हजार १ सय ७५ मिटरसम्म अधिकतम उचाइ रहेको नमोबुद्धको हाइकिङ दूरी झण्डै १७ किलोमिटरसम्म छ ।  नगरकोट पर्यटकीय क्षेत्र पनि हो । नगरकोट हाइकिङबाट  सगरमाथा, मनास्लु,  गणेश लाङटाङलगायतको हिमाली दृश्य देख्न सकिन्छ ।

सुन्दरीजल

https://upload.wikimedia.org

१ हजार २ सय ८० मिटरसम्म अधिकतम उचाइ रहेको सुन्दरीजलमा १४ किलोमिटरसम्मको हाइकिङ दूरी छ ।  हरियाली वन र झरना यहाँको विशेषता हो । यहाँको निकै चलेको हाइकिङ रुट भनेको सुन्दरीजलबाट मूलखर्क हुँदै ओखे्रनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने हो ।

इन्द्रदह

काठमाडौँको सीतापाइलाबाट भीमढुङ्गा हुँदै इन्द्रदह पुगिन्छ । यसको अधिकतम उचाइ १ हजार ८ सय ७७ मिटर छ । यसको हाइकिङ दूरी १३ किलोमिटरसम्म छ ।

आशापुरी महादेव

यसको अधिकतम उचाइ २ हजार २ सय ७८ मिटर छ । यसको हाइकिङ दूरी १६ किलोमिटरसम्म छ । भक्तपुरको गुण्डुबाट पाइलटबाबा आश्रम पुगिन्छ । यसपछि घ्याम्पेडाँडा हुँदै आशापुरी महादेव पुग्न सकिन्छ ।

नमोबुद्ध

Photo: Sundar Basnet

यसको अधिकतम उचाइ १८ सय मिटरसम्म छ । साढे १२ किलोमिटर हाइकिङ दूरी रहेको नमोबुद्धबाट गौरीशङ्कर, लाङ्टाङ, दोर्जे लाक्पा लगायतको हिमाली दृश्य देख्न सकिन्छ । धुलिखेलबाट नमोबुद्धको हाइकिङ गर्न सकिन्छ ।

नमोबुद्धका केही मनोरम तस्बिरहरुः

 

नमोबुद्धका सबै तस्बिरहरुः सुन्दर बस्नेत

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप