शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ भारत शाखाको  दोस्रो अधिवेशन सम्पन्न

सोमबार, २५ चैत २०७५, १२ : १२
सोमबार, २५ चैत २०७५

नयाँ दिल्ली –नेपाल पत्रकार महासंघ भारत शाखाको  दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।

 भारतको राजधानी दिल्लीस्थित  महासंघकै  सभाहलमा सम्पन्न  अधिवेशनले सर्वसहमतिमा  लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११  सदस्यीय कार्यसमिति  गठन गरेको छ । 

जसको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी (खुल्ला), सचिव धन वीर पुन (समावेसी)  र कोषाध्यक्षमा धन बहादुर विक चयन भएका छन् । 

त्यसै सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन्  ।

कार्यक्रममा महासंघ केन्द्रीय समितिका अध्यक्ष गोबिन्द आचार्यले  पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउदै आचारसंहिता पालना गर्नु पर्ने बताए । 

उनले आफ्नो मातृभूमिको कानुन पालना गरेझै भौगोलिक हिसावमा कार्यभूमिको पनि कानुन पालना गर्दै काम गर्नु पर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप