शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा कामदार सवार बस दुर्घटना, २ नेपालीसहित ११ को मृत्यु

सोमबार, २५ चैत २०७५, ११ : ४३
सोमबार, २५ चैत २०७५

काठमाडौं– मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । 

मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन ।  यसबारे थप विवरण आउन बाँकी रहेको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप