शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फक्सवागेनको टिग्वान एसयुभी नेपालमा

बिहीबार, १९ साउन २०७४, १८ : ५१
बिहीबार, १९ साउन २०७४

काठमाडौँ – फक्सवागेन गाडीको नेपालका आधिकारिक वितरक पूजा इन्टरनेशनलले नयाँ टिग्वान गाडी नेपाल भित्र्याएको छ । 

सन् २००७ मा कमप्याक्ट एसयुभीको रुपमा प्रस्तुत भएको टिग्वान नेपालमा पहिलो पटक सन् २०१० मा उपलब्ध भएको थियो । आज सम्म नेपालमा ३५० भन्दा बढि टिग्वान बिक्री भैसकेको कम्पनीले जनाएको छ । 

पुजा इन्टरनेशनल नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकूत श्री विवेक विजुक्छे भन्छन्, ‘हामी हाम्रा नेपाली गा्रहकहरुले फोक्सवेगन गाडी रुचाइदिनु भएकोका कृतज्ञ छौं । टिग्वान नेपालको सडकहरु तथा अफ रोड डाईभिङ्गको निम्ति अति उपयुतm गाडि हो ।’

यसमा भएका विशेषताहरु जस्तै, पैदल यात्रीको सुरक्षा, ६ वटा एयर ब्यागहरु, हिल स्टार्ट एसिस्ट, अटो होल्ड, आफै बन्द हुने टायर, विद्युतीय रुपमा बनाइएका छालाका सिटहरु, अटो पार्क एसिस्ट, क्रुज नियन्त्रण, हेडल्याम्प स्वतः सक्रिय हुने, एप कनेक्ट, झरी र बिजुली सेन्सर, एलइडि हेडल्याम्प्स, एलइडि टेल ल्याम्प्स आदि लगायत साँचोविहिन प्रवेश पनि यसको प्रमुख आकर्षण रहेको छ ।

न्यू टिग्वानमा नयाँ पुस्ताको २.ओएल टिएसआई र टिडिआइ इन्जिको शक्तिशाली क्षमता जडित छ भनें यसलाई ७ स्पिडको स्वचालित–डिएसजि गीयरको साथ रहेको छ । यस नयाँ कार टिग्वानले क्रमशः १८० पिएस/१३२ केडब्लु र ३२० टर्कको एनएम र ३४० टर्कको एनएम सहित १०५ केडब्लु÷१५० पिएस पावर निष्काशन गर्दछ । 

१५ सयदेखि ३९४० आरपिएम रेन्ज भएको नयाँ टिग्वानको मूल्य रु.९९ लाखबाट शुरु हुन्छ भने नेपालभरिको कुनै पनि फोक्सवोगन शोरुमबाट बुकिङ्ग गर्न सकिन्छ ।

हाल नेपालमा तिग्वान ४ प्रकार ट्रेडलाइन, कम्फर्टलाइन र हाइलाइनमा पेट्रोल र डिजेल दुवैमा उपलब्ध गराइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप