बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व शिक्षामन्त्री शर्मालाई ‘राष्ट्रिय पुरस्कार’

आइतबार, २४ चैत २०७५, १८ : ५३
आइतबार, २४ चैत २०७५

बागलुङ– साहित्यकार तथा पूर्व शिक्षामन्त्री दीनानाथ शर्मालाई ‘राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।  

रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले शनिबार एक कार्यक्रमका बीच शर्माको निबन्ध ‘बाह्रखरीको बोटमुनी’ लाई पुरस्कृत गरेको हो । 

विसं २०३४ सालमा स्थापना भएको सो पुरस्कार गुठी साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्नी स्वर्गीय आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा  स्थापना गरेका हुन् । हरेक दुई÷दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशी २५ हजार रहेको छ । 

आमाको नाम र सम्मानमा स्थापित पुरस्कारले पुरस्कृत हुन पाउनु सौभाग्य भएको बताउँदै पूर्व शिक्षामन्त्री शर्माले समाजलाई बदल्न साहित्य सस्कृतिको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले साहित्यको माध्यम समाजको यथार्थ चित्र बाहिर आउने भन्दै सवैको सहयोगको खाँचो भएको बताए । 

रत्न श्रेष्ठ पुरस्कार गुठीलाई देशकै जेठो मध्येको एक पुरस्कार संस्था मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप