शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिद्धिसिद्धि सिमेन्ट बजारमा, दैनिक ३ हजार टन उत्पादन गर्ने लक्ष्य

आइतबार, २४ चैत २०७५, १७ : ३२
आइतबार, २४ चैत २०७५

काठमाडौं– रिद्धिसिद्धि सिमेन्ट आजबाट ओपचारिक रुपमा बजारमा आएको छ ।

शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त उत्पादन रिद्धिसिद्धि युरोपेली प्रविधिबाट उत्पादित सिमेन्ट हो । यस प्रविधिकै कारण सिमिेन्टको गुणस्तरीयतामा एकरुपता हुने कम्पनीले जनाएको छ । औपचारीक रुपमा आजैबाट यो सिमेन्ट बजारमा पाइने कम्पनीले बताएको छ । 

सिमेन्टको औपचारिक उद्घाटन कार्यक्रमा सिद्धिसिद्धि सिमेन्टका निर्देशक आनन्द नेपालले  सिमेन्टको उत्पादन र प्लान्टमा प्रयोग गरिएको प्रविधि बारे जानकारी गराएका थिए । संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधिबाट उत्पादित यस सिमेन्टको गुणस्तरीय एकरुपतामा जोड दिएको निर्देशक नेपालले बताए ।

गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले जानकारी दिए । 

प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम), सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक  प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजीङ जस्ता प्रविधिले गुणस्तरमा एकरुपता ल्याउने कम्पनीको विश्वास छ । 

मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ । 

१० अरव स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दावी पनि कम्पनीको छ । रिद्धिसिद्धि प्रालिको स्थापना २०७३ सालमा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप