बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँधमा थपिएको जिम्मेवारी: २५ तस्विरमा हेर्नुहोस्

आइतबार, २४ चैत २०७५, १४ : ३९
आइतबार, २४ चैत २०७५

भक्तपुर– राष्ट्रको सेवा गर्न चाहानेहरुका लागि धेरै काम हुन्छन् । तर एकाथरी मानिसहरु सुरक्षा फौजमा सहभागी भएर देशको रक्षक बन्न चाहान्छन् ।  सोही सिलसिलामा गत जेठमा सशस्त्र प्रहरी जवान पदका लागि छनोट हुन सफल व्यक्तिहरुले आइतबार ३७ हप्ताको तालिम पुरा गरेका छन् । 

भक्तपुर दुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीमा ७५ तालिमबाट दीक्षित भएका हुन् ।  सि.स २२६ (ढ) स.प्र.ज.आ.भू. तालिमको दिक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राईले पुरस्कार प्रदान गरे । 

३७ हप्ताको तालिममा ७५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उनीहरुलाई युद्धकला, फिल्ड क्रफ्ट, म्याद रिडिङ्ग, भिड नियन्त्रण, उत्प्रेरण, निर्वाचन सुरक्षालगायतका विषयमा तालिम तथा प्रवचन दिएको छ । 

उक्त तालिमा सर्वप्रथम सशस्त्र प्रहरी जवान दीपक पुनमगर, कवाज प्रथम सशस्त्र प्रहरी जवान रोशन पुरी, चाँदमारी प्रथम विजयबाबु कार्की र सहिष्णुता प्रथम सशस्त्र प्रहरी जवान वीरबहादुर खत्री भएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप