बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल

शनिबार, २३ चैत २०७५, २१ : ००
शनिबार, २३ चैत २०७५

चौतारा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनाताको आवश्यकताका आधारमा विकास हुनुपर्ने बताएका छन् । उनले परम्परागतको अवधारणको अन्त्य नभई वास्तविक विकास हुन नसक्ने बताए ।

आज सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसको तेह्रौं साधारणसभामा मुख्यमन्त्री पौडेले लगानी गरेको योजनाले कति जनाको रोजगारी सिर्जन गर्न सक्छ भनेर लेखाजोखा गरी सबैलाई समेटे मात्र वास्तविक विकास भएको मानिने हुँदा उत्पादनविनाको विकासको आवश्यकता नभएको बताए । 

उनले शिक्षा र स्वास्थमा सुधार भएमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाउन सघाउ पुग्ने बताए । 

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्लाको विकासमा अग्रसर भएको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सरेश नेपालले पनि आफ्नो धारणा राखेका थिए । 

विसं २०५८ देखि सञ्चालित उक्त क्याम्पसमा यसै शैक्षिकसत्रदेखि शिक्षा शास्त्र सङ्कायमा स्नतकोत्तर तहको कक्षा सञ्चालन हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप