मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आँधी पीडितको घाउमा मल्हम लगाउन जुटे नेपाल र जापानका युवा

शुक्रबार, २२ चैत २०७५, १९ : ३१
शुक्रबार, २२ चैत २०७५

काठमाडौं– बारा र पर्सा जिल्लाका आँधी पीडितहरुका लागि नेपाल र जापानमा रहेका केही युवाहरुको समूहले ‘आकस्मिक रकम संकलन अभियान’ संचालन गरेका छन् ।

नेपाल जापान सहयोग मार्फत केही युवाहरुले ‘आकस्मिक रकम संकलन अभियान’ संचालन नै गरी ३ लाख ४० हजार संकलन गरेका छन् ।

आँधीबाट प्रभावित क्षेत्रका जनतालाई सानो भएपनि सहयोग पुगोस् भन्ने हेतुले नेपालमा र जापानमा रहेका केही युवाहरको समूहले सामाजीक संजालमार्फत अभियान संचालन गरी रकम संकलन गरेका हुन् ।

जापानमा रहेका नेपाली युवाहरुको समूहले १ लाख ६९ हजार संकलन गरी नेपाल पठाएका छन् भने नेपालमा १ लाख ७१ हजार संकलन भएको छ । 

जापानमा उक्त अभियानको नेतृत्व गरेकी ज्वाला संग्रौलाले नेपालमा अभियानको नेतृत्व लिएका कविराज बानियाँ र जाकिर हुसेन मियामार्फत उक्त रकम पीडितसम्म पुर्याउने जनाएकी छिन् । 

जापान र नेपालमा संकलन भएको ३ लाख ४० हजार ५ सय ५२ रुपैयाँ जिल्लाका सिडियो तथा मिडियाहरुको रोहवरमा पीडितलाई बुझाइने नेपालबाट अभियानको नेतृत्व गरीरहेका कविराज बानियाँले जानकारी दिए ।

सामाजीक संजालमार्फत अभियन संचालन गरी रकम संकलन गरिएको र उक्त रकम वास्तविक पीडितसम्म पुर्याउने अभियानमा आव युवाहरुले बताएका छन् । नेपाल प्राकृतिक विपत्तिको अती जोखिमयुक्त देश भएकाले विपत्ति आइपर्दा युवाशक्ति स्वतस्फुर्त रुपमा सहयोगमा जुट्नु प्रशंसायोग्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप