शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर सामुहिक आत्महत्या प्रकरणः सैनिककी श्रीमतीले लेखेकी थिइन यस्तो अन्तिम म्यासेज

शुक्रबार, २२ चैत २०७५, १८ : ००
शुक्रबार, २२ चैत २०७५

बुटवल– ‘बाबा घर आउनुस न, किन आउनु हुन्न् ?  किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् ।   भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ झुण्डिएर आत्माहत्या गरेको घटना सुनाउँदै जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने ।

उनले थपे– ‘उनकी आमाले श्रीमानलाई लेखेको म्यासेज सेन्ट गर्न नपाई ज्यान गएको देखिन्छ’ राठौरले भने– ‘ श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले समेत एकैसाथ आत्महत्या गरेको देखिन्छ ।’ शुक्रवार बिहान भरतपुर नगरपालिका–१८, शशिनगरस्थित ३५ वर्षीया आमा माया आलेमगर, उनका १५ वर्षीया छोरी विनिता आलेमगर र १३ वर्षीय छोरा विवेश आलेमगरले गएराती आफ्नै घरको एउटै कोठा, एउटै बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीको  प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना,असभावखाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले  श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताकारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

एसपी राठौर थप्छन्– ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’ आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्– ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।

तपाईलाई राम्रो होस्, तपाईको उन्नती–प्रगति होस्..बस..यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’–एसपी राठौरले भने । उनका अनुसार टिनको छानामुनी घरको एउटै कोठा, एउटै पलङ्गको विस्तरामाथि एउटै बलोमा सलको पासो लगाई तीनै जनाले एकै साथ आत्महत्या गरेका थिए ।

 श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको सुसाईट नोट र श्रीमतीको म्यासेजले देखाएको राठौरले बताए । त्यस वडाका कार्यवाहक वडाध्यक्ष जितु तामाङ्गले आफु यस दुःखद घटना बुझ्न उनीहरुको घरमा गएको र अहिले शव पोष्टमार्टमका लागि जान लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप