‘यात्रा’ गीत ‘डुली डुली’ : गायिका बनिन् मलिका
२९ चैतबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘यात्रा’ को नयाँ गीत रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत बाहिर ल्याएको हो ।
‘डुली डुली’ बोलकोे सार्वजनिक गीतमा गायिका मेलिना राईको स्वर, दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा कोविद बज्र र प्रतिक पौडेलको संयूक्त संगीत रहेको छ ।
गीतको अभिनेत्री मलिका महत गायिकाको रुपमा प्रस्तुत भएकी छन् ।
गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा पनि देखिएका छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।
केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने