बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण शुरु

बिहीबार, २१ चैत २०७५, १९ : १०
बिहीबार, २१ चैत २०७५

काठमाडौं– अभनिश डिष्टिलरीले एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्री वितरण काठमाडौंमा शुरु गरेको छ ।

व्यापार बजार तथा उपभोक्ताहरुमाझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने अन्य उत्पादनहरुमा नपाइने बताइएको छ ।

कम्पनीका प्रवक्ताका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो ।

उनी भन्छन् “एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो जसमा नेपाली बजारमा पाइने अन्य कुनै पनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।” उनका अनुसार एम्पेरर २४ क्यारेट विशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डका विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार गर्नुभएको हो ।

कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एक वर्षको समय लागेको थियो । डबल फिल्ट्रेशन गरी सतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरेको कम्पनीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप