शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राहत तथा अस्थायी शिक्षक फेरि आन्दोलनमा, ८ तस्बिरमा हेर्नुहाेस्

बुधबार, २० चैत २०७५, १५ : १२
बुधबार, २० चैत २०७५

काठमाडौँ– आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । 

पुनः आन्तरिक परीक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् । उनीहरुले गोल्डेन ह्याण्डसेक नदिइ विस्थापित गर्न लागेको भन्दै सरकारको चर्कौ आलोचना गरेका छन् । 

उनीहरुले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोधस्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका हुन् । बानेश्वरको निषेधित क्षेत्र तोड्ने भन्दै उनीहरु बानेश्वरतर्फ अघि बढेपछि बानेश्वरमा सुरक्षा तैनाथी बढाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप