शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेट तिर ओपो, एफ११ प्रो नेपालमा आउँदै

बुधबार, २० चैत २०७५, १३ : ४२
बुधबार, २० चैत २०७५

काठमाडौं–ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरा मार्फत ब्रिलियन्ट पोट्रेट लिन सघाउने सोचका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध छ । नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फीका साथै एफ११मा विभिन्न नयाँ प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधापनि उपलब्ध छन् ।

सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेट 

ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय प्रविधिकोरुपमा लिइएको सेल्फी लाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै सेल्फी प्रविधि तथा फ्रन्ट क्यामेरामा नयाँपन उपलब्ध गराउँदै आएको छ ।

सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्रान्डको पहिचान पनि दिलाएको ओपोको दावी छ ।

फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्तामाझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा आयो । निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो ।

एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ । 

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कम प्रकाश भएका स्थानमा तस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड

ब्रिलियन्ट पोट्रेटका विशेषता हुन् । एफ११ र एफ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्यान्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ ।

साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् ।

कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिस्टम लेभल अप्टिमाइजेशन सोल्युसन उपलब्ध छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसँग मिलान गर्छ ।

अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउन्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ ।

हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप